काठमाडौँ — ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको ट्रफी जिताउने फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोका स्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गर्दै आक्रमणकारीले मेस्सीलाई आक्रमण गर्ने धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।
मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा मेस्सी हामी तिमीलाई पर्खिरहेका छौँ जाभकिन पनि लागूऔषध तस्कर हो उसले तिम्रो ख्याल गर्दैन भनिएको छ । रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागूऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् । मेस्सीलाई धेरै अर्जेन्टिनीले महान फुटबल खेलाडीका रूपमा सम्मान गर्छन । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।
लियोनल मेस्सीले ३ दिन अघाडी मात्रै २०२२ का फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन् । मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमा नै बिताउँछन । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् । सान्ता फे प्रान्तका न्याय मन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएका छन् । मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बिहानै सुपरमार्केटमा कम्तिमा एक दर्जन गोली हाने र कार्डबोर्डको टुक्रामा सन्देश छोडेको प्रहरीको भनाई छ । तर मेस्सीले यस घटनाबारे कुनै प्रतिक्रिया अहिलेसम्म दिएका छैनन् ।
प्रतिक्रिया