काठमाडौँ — लगातार उमेर समूहको ३ संस्करण विश्वकपगुमाएको नेपालपुनःआईसीसी यु–१९ को विश्वकपमाफर्किएको छ । बिहीबार युएईलाई उसैको घरेलु मैदानमा पराजितगर्दै नेपालले अर्काे वर्ष श्रीलंकामाहुने विश्वकपको टिकट पक्का गरेको छ । सामान्यतः नेपालीक्रिकेट हार्दा नेपाली समर्थकहरु पनिनिकै निराशहुने गरेको छ । तर, बिहीबार भने विगतदेखिनिरन्तर चल्दै आएको यो श्रृंखलाले ब्रेक मार्याे । नेपालको सिनियर टोलीयुएईसँग हार्दा प्रशंसकहरु जुनहिसावले पहिले निराशहुने गर्थे त्यो स्तरको दुःखीथिएनन् । कारण, नेपाल ८ वर्षपछि आईसीसी यू–१९ को विश्वकपमा छनौट हुन सफलभएको थियो ।
बिहीबार युएईको राष्ट्रिय टोलीले नेपाली राष्ट्रिय टोलीलाई हराएपनिउमेर समूहको टोलीले भने युएईलाई मातदिँदै २०२४ माश्रीलंकामाहुने आईसीसी यु–१९ को विश्वकपमा स्थान सुरक्षितबनायो । युएईले जितिसकेको खेल उसको मुखैबाट खोसिदाको नायकबने अलराउण्डर दीपेश कँडेल । निर्णायक खेलमा देशलाई अविश्वसनीयजितदिलाउँदै कँडेलले जादुयीप्रदर्शन गरे । सातविकेट गुमाएको युएईलाई जितकालागि १८ बलमा ११ रनको आवश्यक रहेको अवस्थामाबायाँहाते स्पिनर उनले ४८ ओभरको अन्तिम ३ बलमालगातार विकेट लिँदै सारा नेपाल र नेपालीको विश्वकप खेल्ने सपना पुरा गरिदिए ।
२००० देखि उमेर समूहको विश्वकप खेल्न थालेको नेपाल सात पटक विश्वकपमापुगे पनि पछिल्लो तीन संस्करणमा भने उपस्थितिजनाउन सकेको थिएन । त्यही खड्केको उपस्थितिलाई पुनःफर्काउने लक्ष्य साथ नेपाली टोलीयुएई पुगेकाथिए । जितपछिनिकै खुशी देखिएकाकप्तानले युएई जानुअघिको आफूहरुको लक्ष्य पुरा भएको तर्क गरेका छन् ।
नेपालआजभन्दा झण्डै ५ वर्षअघि अहिलेसम्मकै उत्कृष्ट उमेर समूहको टोलीयुएईसँग १ रनले हार्नु पर्दा विश्वकपबाट बाहिर हुनु परेको थियो । त्यति छोटो मार्जिनले हार्दाको पीडा यस पटक नेपालले युएईलाई पनि महसुस गराएको छ । तर, यो अन्त्यनभई सुरुवातभएकाले विश्वकपकालागिअहिले देखिनै तयारी थाल्नु पर्ने प्रशिक्षक बताउँछन् ।
क्रिकेटको ठूला ठूलाप्रतियोगितामा नेपालकालागियुएई सधै बाधकबन्दै आएको छ । चाहे त्यो उमेर समूहमाहोस् वा राष्ट्रिय टोली नै किननहोस् । १९ वर्षकै उमेर समूहको विश्वकपमालगातार २०२० र २०२२ मा नेपाललाई पछि पारेको युएईले २०२२ मै सिनियर टोलीको दोस्रो पटक टि–२० विश्वकप खेल्ने चाहानापनिचकनाचुर बनाइदिएको थियो । यस पटक भने घरेलु मैदानमा नै गएर युएईले जितिसकेको खेललाई मुखैबाट खोसेर ल्याउँदा नेपालले त्यसको बदलालिएको छ ।
प्रतिक्रिया