काठमाडौँ — नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा शुक्रवार भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो । खुमलटारको जितमा खेलको ८९ औँ मिनेटमा मेसुके ओलुमोउले गोल गरे ।
डबल राउन्ड रोबिनका आधारमा हुने लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबमा हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ुबीु डिभिजनमा घटुवा हुनेछन् ।
प्रतिक्रिया