Breaking

उपसभामुखलाई घर दिने भनिएको छ दिएन ३६ हजारले घरभाडा नै पुग्दैन: उपसभामुख राना


काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छन । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो ।

उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् । उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एकमहिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ । अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र कस्तो लाग्छ तपाईहरुलाई ।

यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भुइँमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ । भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ । पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ । उनको गुनाशो छ ।