देश

सातै प्रदेशका सांसदहरूसँग राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखिकरण कार्यक्रम गर्दै आठ दलीय गठबन्धन


काठमाडौँ – आठ दलीय गठबन्धनले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखिरण कार्यक्रम गर्दै छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग अभिमुखिकरण कार्यक्रम राखेका हुन् । यसका लागि आठै दलका केन्द्रीय प्रतिनिधिहरु ख्टिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा स्पष्ट पार्ने छन् । बागमती बाहेकका प्रदेशमा प्रदेश राजधानीमा कार्यक्रम राखिएको छ । बागमती प्रदेशको कार्यक्रम भने संघीय राजधानी काठमाडौँमा राखिएको छ । राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । एमाले पनि राष्ट्रपति निर्वाचन केन्द्रित रणनीतिक छलफलमा व्यस्त भएको छ । एमाले उम्मेदवार नेम्वाङले विभिन्न दलका नेता र सांसदसँगको संवादलाई तिब्र बनाउनुभएको छ ।