Breaking

सांसद नै किनबेच, रेशम फकाउन रामचन्द्र कारागारामा, माधव फकाउँदै नेम्वाङ


काठमाडौँ — निर्वाचनआयोगले राष्ट्रपति निर्वाचनकालागिफागुन २५ गतेको समयसीमातोकिदिएको छ । राष्ट्रपति निर्वाचनको मितिनजिकिँदै गर्दा राष्ट्रपतिका दुई उम्मेदवाहरु दौडाहामालागिपरेका छन् । राष्ट्रपतिको निर्वाचनआउन अब ठ्याक्कै एक साताबाँकी छ । अबको एक हप्तापछि मुलुकले नेपाली संसदीय राजनीतिमाराम्रो दख्खल राख्ने र खारिएका नेतालाई तेस्रो राष्ट्रपतिका रुपमापाउँदै छन् ।

नेपालीकांग्रेसबाट राजनीतिगर्दै आएका ७८ वर्षीया नेता रामचन्द्र पौडेर र ७० वर्षका एमाले नेता सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपतिका लागि भिडन्त हुँदै गर्दा दललाई आफ्नो पक्षमापार्न औपचारिक र अनौपचारिक भेटघाटले तीव्रतापाएको छ । उनीहरुले भेटघाटलाई तीव्रतामात्रै दिएका छैनन् कि संविधानको संरक्षण र गणतन्त्रको रक्षा आफूबाट मात्रै सम्भव रहेको भन्दै दलहरुलाई विश्वस्तपार्ने कोशिस पनिगरिरहेका छन् कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमनै सञ्चालन गरेको छ ।

राष्ट्रपतिमा कांग्रेस नेतापौडेललाई भोट माग्न सञ्चालनगरिएको अभिमुखीकरणमा उम्मेदवार पौडेलले पनि सांसदहरुलाई पत्र नै काटेर मतमागे । राष्ट्रपतिको भोग माग्नअभिमुखीकरणमा सामेल सांसदलाई मात्रनभई जेलबाटै पार्टी चलाइरहेका रेशमचौधरीलाई कारागरामा नै पुगेर माग पुरा गरिदिनेआश्वासनदिँदै पौडेलले सहयोग मागे । लामो समयदेखि लोकतन्त्रकालागि लडेको र अविचलितभई राजनीतिमालागेका पौडेल राष्ट्रपतिका लागि योग्य रहेको भन्दै मतमागिरहेका छन् । त्यस्तै यतानेकपाएमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङको बिहीबारको दैनिकीनिकै व्यस्ततापूर्ण रह्यो । नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पार्टी कार्यालयमा नै गएर भेटेका थिए ।

नेकपाएकीकृत समाजवादीले बुधबारमात्रै पौडेललाई राष्ट्रपतिमा मतदिने निर्णयगरेपछि बिहीबार नेम्वाङ आफ्ना उपमहासचिवसहितएमालेको नेतृत्व नै लिएर एसको कार्यालयमापनिपुगे । एमालेबाटै टुक्रिएर बनेको एसलाई आफ्नो दललाई राष्ट्रपतिमा जिताउन अनुरोध गरेको एमालेले पार्टी एकतासहितको सम्झौता नै गर्ने गरि कुराकानी अघि बढाएको छ । सातदलको समीकरणपछि ओलीको कित्तामा देखिँदैआएको रास्वपाले पुस १० माभएको सम्झौताको साक्षीआफूहरु पनिभएकोले पार्टीको निर्णय अनुसार नै अघि बढ्ने एमालेलाई सुझाएको थियो ।

राष्ट्रपतिका लागि नेम्वाङ उपयुक्तपात्र रहेको भन्दै पार्टीले यसमा राजनीति र रणनीतिक निर्णय लिने रास्वपाको तर्क छ । राष्ट्रपतिका लागिकांग्रेस र एमालेभित्रभएको दौडधुपको राजनीति केन्द्रमा छ । निर्वाचनआयोगको आचारसंहितालागू भइरहँदादुवै पार्टी आ–आफ्नो उम्मेदवारलाई भोट माग्नमाव्यस्त छन् । राष्ट्रपतिका लागिगोप्यमतदानहुने हुँदाविभिन्न समयमा राजनीतिकदलविभाजन र सांसद किनबेचको तीतो नजीर पनि राजनीतिमा छ ।

आफ्नो मुल्यमान्यता र नैतिकविवेकभन्दामाथि उठ्न नसकेको सांसद र त्यसैलाई शंका गरेर बन्धकबनाउने दलको प्रवृत्तिका कारण अप्रत्यासितनतिजाको अपेक्षागर्नु कल्पनाबाहिरको कुरा हुन सक्छ । तर, प्रधानमन्त्रीमा बनेको समीकरण नै फेरिएर राष्ट्रपतिको निर्वाचनभइरहेको बेला फेरि पनिदलहरु भने समीकरण जोगाउने र फुटाउने खेल चलिनै रहेका कारण निर्वाचनदलहरुकालागि सकस बनिरहेको छ ।