Breaking

शर्मिला वाइबाले गरिन् आत्महत्याको प्रयास, वीर अस्पतालमा उपचार हुँदै


काठमाडौँ — आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।

बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौँ प्रहरीले जनाएको छ ।

अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।

वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन् ।

यस्तै अभिनेता पल शाह काठमाडौँ आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन् । उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।