Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा शेर्पा संघको आपत्ति

'कतै न कतै शेर्पालुङ जोडिनुपर्छ'


काठमाडौँ — प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरिएकोमा नेपाल शेर्पा संघले आपत्ति जनाएको छ ।

सिंगो शेर्पा समुदायको प्रतिनिधित्व गर्ने नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण बहुमतको दम्भमा कोशी राखेर आम प्रदेशवासी बहुसंख्याक पहिचानवादीहरुको मागलाई नजरअन्दाज गरेको आरोप लगाएको छ ।

संघले विज्ञप्ती निकालेर प्रदेशको नामाकरण पहिचानको आधारमा कायम गर्न माग गर्दै शेर्पा समुदायको मूख्य बसोवास रहेको प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा कतै न कतै ‘शेर्पालुङ’ जोडिनुपर्ने धारणा अघि सारेको छ । अंकगणितको जोडबलमा पहिचानलाई समाप्त पार्ने वर्तमान कुचेष्टा जारी राखेमा परिस्थिति जटिल हुनेसमेत संघले चेतावनी दिएको छ ।

संघका अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा जारी विज्ञप्तिमा पहिचानसहितको संघीयताको नारा लिएर दलहरुले आदिवासी जनजाति, पहिचानकामीहरुलाई भ¥याङ बनाउने काम मात्रै गरेको बताइएको छ । शेर्पाले प्रदेशको नामाकरण कुनै खोलानालाको नामबाट राख्नु किमार्थ स्वीकार्ने नहुने बताउनुभएको छ । पहिचानका लागि आफ्नो जीवन आहुति दिने कयौं शहीद, आन्दोलनका क्रममा वेपत्ता र घाइतेहरुको योगदानको खिलापमा नदीको नाममा प्रदेशको नामाकरण गरिएको संघको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ “यसले शहीदहरुको बलिदानीको घोर अपमान गरेको भन्ने हाम्रो बुझाइ हो । प्रदेश नम्बर १, प्रदेशसभामा पहिचानविरुद्ध नाम प्रस्ताव गर्ने कार्यप्रति खेद प्रकट गर्दछ ।”

‘कोशी’ नामाकरण गर्ने निर्णयमा पुनःविचार गर्न पनि संघले माग गरेको छ । विज्ञप्तिमा भनेको छ “लामो समयको जनसंघर्ष, बलिदान, मधेश तथा आम आदिवासीहरूले निरन्तर रुपमा जारी आन्दोलन, अन्तरिम संविधान, संविधानसभा (१) राज्य व्यवस्था तथा राज्यको शक्ति बाँडफाँड समिति, आयोगले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भनि उठान गरेका विषयलाई वेवास्ता गरी प्रदेशको नाम खोलानाला, पहाडपर्वतलाई टेकेर गर्नु आम आदिवासी, पहिचान पक्षधरमाथिको गम्भीर अपमान हो । पहिचानपक्षधरहरूलाई कोशी नाम कदापी स्वीकार्न छैन । ’

प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा बाहिर भने पहिचानको आधारमा नामाकरण गर्न प्रदर्शन भएको थियो । प्रदेशको नाम ‘कोशी’ हुने निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि प्रदर्शन गरिएको थियो ।