Breaking

विकल्प खोज्नेलाई रवि-राजेन्द्रले निराशा बढाए, सिकेले आफ्नै दाइलाई जागिर खुवाए


काठमाडौँ — सत्तासमीकरण फेरबदल र राष्ट्रपति निर्वाचनको रस्साकस्सीमानदेखिएकानयाँदल सरकार समीकरण र विस्तारमाभने छलफल चलाइरहेका छन् । जहाँ हैसियतअनुसार देउवा समीकरणमा आफ्नो मुद्धासहित हिस्सा खोजिरहेका छन् । मंसिर ४ गते सम्पन्नआमनिर्वाचनकबाट अनपेक्षित रुपमानयाँ वैकल्पिकशक्तिहरु उदाए । ठूला भनिएका राजनीतिकदल र तिनकाप्रभावशाली नेतालाई पाखालगाउँदै उदाएकानयाँशक्तिलाई नागरिकले पहिलो प्रयासमा नै पत्याए । जसका कारण सदनले ३४ जनानयाँअनुहार पायो । तर, नयाँशक्तिपनि सत्तामोहमा नै लिप्तभएको उनीहरुले चालेका कदमले पुष्टि गरेको छ ।

वैकल्पिकशक्तिहरुले न त आफ्नो एजेण्डासँग मिल्ने कामगर्न सकेका छन् न नै राष्ट्रिय राजनीतिमाकुनै भूमिका खेल्न सकेका छन् । उनीहरु जता सत्ता, उतै नयाँशक्तिको धारमा हिडेका छन् । ४२ दिन सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो आमनिर्वाचनबाट नै सदनको चौथो ठूलो शक्तिहुन सफल रह्यो । तर, रास्वपामा सत्तामोह भने उही पुरानै पार्टीकोमाझै देखियो । रास्वपा सभापतिको नागरिकताविवादउत्कर्षमाहुँदै गर्दा सत्तामाओलीबलियाथिए र, उनीओलीपक्षमा देखिए । अहिले प्रचण्ड बलिया छन् अनिउनको राहदानीविवादअदालतमा नै छ । रास्वपा सरकारबाट त बाहिरिसक्यो ।

तर, प्रचण्ड सरकारको साथभने छोडेका छैनन् भने, यद्यपि, पार्टीभित्रअहिले पनिजनताको चाहान पुरा गर्न सरकारमा सहभागीहुनु जोड कै बीच। राष्ट्रपति निर्वाचनमाभने एकमतबनाउने कोशिस जारी छ । त्यस्तै, मधेशमाबलियो पकड जमाएर बसेका जसपा र लोसपाको साम्राज्यलाई तोड्दै उदाएको जनमत पार्टीको अवस्थापनि फरक छैन । सात र आठ दुइटै सत्ता गठबन्धनमा रहेको जनमतजताशक्ति छ उतै आफ्नो उपस्थिति देखाइरहेको छ । सभामुखएमालेले जित्ने निश्चितहुँदाएमालेलाई भोट दिएको जनमतले अहिले राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चितहुँदै गर्दा यतै भोट दिने पक्काभएको छ ।

ओलीको बुई चढेर दुई महिना सत्ताको सेरोफेरोमा रही सरकारमागएका राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनले चार बुँदे पाठ सिकेर कोर्स करेक्सनको बाटोमा छन् । एक सीटबाट १४ सीटमा पुगेको राप्रपाले सत्ता समीकरण फेरिबदलसँगै अब बल्लभने जनताको म्याण्डेट बुझेको छ । हिजो टीकापुर घटनाको नाईके रेशमचौधरीलाई ओली समीकरणले जेलमुक्तगर्दिने आशमासातदलीय गठबन्धनमा लागेको नागरिक उनमुक्ति पार्टी अहिले देउवाले मुक्तगरिदिने आशमाकांग्रेसको फेरो समाउँदै हिडेको छ । प्रदेश सांसद् अरुण चौधरीलाई थुनामुक्त गराइसकेको पार्टी अब सुदूर पश्चिम सरकारलाई पनिविश्वासको मतदिने र आफ्नो पार्टीका नेतालाई पनि छुटाउन लागिपरेका छन् । यसरी हेर्दा वैकल्पिकहरु पनिजताशक्तिउतै लागेका छन् ।

नयाँदलहरु सरकारमाजसको पकड बलियो छ उसकै फेरो समाइरहेका छन् । नयाँआशगरिएका दलबाट पनि सत्तामोह पुरानादलको भन्दाकम देखिएन । आशाको केन्द्र बनेका उनीहरु पनि सत्ताको पछि लाग्दाजनतामापुनःनिराशा फैलने डर बढेको छ । जसले गर्दा विकल्पको पनिविल्कपखोज्नु पर्ने अवस्थानआउँलाभन्न सकिन्छ ।