काठमाडौँ — राजनीतिक समीकरण परिवर्तनको आधार बनेको राष्ट्रपति निर्वाचनमा एमालेबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङ आठदलीय गठबन्धनबाट कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडलेको सामना गर्दैैछन । जहाँ उनीहरुका पक्ष र विपक्ष र आगामी दिनमा निर्वाह गर्ने भूमिकासमेतलाई जोडेर भोट माग्न दुवै पक्ष लागिपरेका छन । आखिर कस्तो छ त उनीहरुको विगत ? के जसले जिते पनि राष्ट्रपतिको भूमिकामा न्याय गर्न सक्लान त ? तनहुँ बाहुनपोखराका पौडेल २०१८ सालदेखि निरन्तर राजनीतिमा क्रियाशिल छन् । तेस्रो राष्ट्रपतिको दौडमा रहेका रामचन्द्र पौडेल राष्ट्रपतिको सवैभन्दा बलियो उम्मेद्वार हुन । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तकको रूपमा चिनिने पौडेलका लागि बीसौ प्रतिपस्र्धा पनि हो ।
१७ औ चोटि प्रधानमन्त्री, एक संसदीय चुनाव र एकपटक पार्टी सभापतिमा समेत राजनीतिक पराजयको स्वाद चाखेका उनी अहिले भने जित हुनेमा विश्वस्त छन । हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका पौडेललाई अहिले राष्ट्रपतिको उम्मेदवार बनाउन उनै प्रचण्डले एमालेसँगको गठबन्धन तोड्ने निर्णय नै गरेपछि उनको खुसीको सिमा नै छैन । पार्टी संगठनमा कमजोर देखिएपनि समय र परिस्थितिले आफ्नो भागमा राष्ट्रपति आईपरेको भएपनि उनको छवी खासै आलोचित छैन । यहि कारण गठबन्धनबाट अघि बढाएपछि उनका पक्षधरहरुले एक परिपक्व, शालीन तथा राष्ट्रपतिको योग्य व्यक्तिका रुपमा उनको महिमामण्डन गरिरहेका छन ।
जहाँ सबै पार्टीले सद्भाव तथा नागरिकले सद्भाव र सहानुभूति राखेको बुझेका उनले आफूले गर्नुपर्ने काम र भूमिकाबारे सचेत रहेको प्रतिक्रिया दिदै आएका छन । त्यस्तै सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बन्दा उनी भन्दा लामो राजनीतिक ईतिहास रहेका पौडेलले एकपटक पनि अवसर नपाएको भन्दै उनप्रति सहानुभूति राख्ने पक्षले समेत यसलाई पार्टीकै न्यायपूर्ण निर्णयका रुपमा समेत व्याख्या गरेका छन । यद्यपी उनका लागि यो अवसर महाधिवेशन र संसदीय दलको निर्वाचनमा देउवालाई पु¥याएको उपहारका रुपमा आएको हो ।
आफै निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरेबाट बिरक्तिएका पौडेल त्यो समय सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगेका थिए । तर पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न दिएको देउवाको सुझावले पग्लिएका उनका त्यसपछिका देउवाहितकारी कार्य उनी त्यसयताबाट देउवा पौडेलकै समर्थक र शुभेच्छुकको आलोचनाको शिकार बनेका थिए । जसले उनलाई आफ्नै गुटबाट बाहिर धकेलेपनि अहिले राष्ट्रपतिको यात्रा भने सुनिश्चत भएको हो ।
तर राजनीतिक निर्णयमा अडिग हुन नसक्ने आरोप खेप्दै आएका उनी सभामुख हुँदा एमाले फुटाउने मतियार बनेका थिए । सरकारी हेलिकप्टर चढेर आफ्नो पार्टी फुटाउन काठमाडौँँ आएको उनको प्रसङ्ग कम्युनिष्ट राजनीतिक वृत्तहरुमा अझै चर्चाको विषय बन्दा महाकाली सन्धीका विवादित पात्र पनि हुन । यता समावेशीताको कुरा गर्दै अबको राष्ट्रपति नेम्वाङ हुनुपर्ने भन्दै एमाले भोट मागिरहेको छ । उनका प्रशंसकले संविधान निर्माणका एक धरोहर भन्दै प्रशंसाको पुल बाधिएका नेम्वाङ पनि शान्त र सौम्य व्यक्तित्वका रुपमा परिचित छन । सबैका कुरा सुन्ने र थोरै बोल्ने उनी राष्ट्रपतिमा निर्वाचित भए नेम्वाङ मुलुकको सर्वोच्च ओहदामा पुग्ने पहिलो जनजाति समेत हुनेछन ।
तर जनजातिको हक र अधिकारका लागि खासै योगदान नगरेका आरोप खेप्ने उनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा चुप बस्नुले मतियारको आरोप खेपिरहेका छन । आफै अध्यक्ष भएको संविधानसभाले बनाएको संविधानको मर्म विपरीतको कार्यमा पनि आफै कानुनको जानकार भएर पनि चुप बस्नुले उनलाई राजनीतिक स्वार्थका लागि विवेक तिलाञ्जली दिने व्यक्तिको संज्ञा दिनेहरु पनि छन । यद्यपि अहिलेको लागि उपयुक्त पात्र उनी नै भएको राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसी बताउँछन ।
यसरी हेर्दा जो व्यवस्था परिवर्तनका लागि दिलोज्यान दिएका र कम विवादरहित पात्र भनिएका यी दुवै आफ्नो स्वार्थबाट माथि उठ्ने सम्भावना देखिदैन । जसले जो राष्ट्रपति भएपनि विवादरहित काम गर्लान तथा राष्ट्रपतिमाथि आम सर्वसाधरणमा बढेको वितृष्णाको शिकार नहोलान भन्न नसकिने प्रष्ट छ । त्यसमा पनि विगतमा आलंकारिकले गरेको कार्यकारी व्यवहारले झस्किएकै कारण दलहरुले खोजेको आफ्नो हितानुकूलको रवरस्टाम्प राष्ट्रपतिको विकल्पका रुपमा उनीहरु आउनुले पनि यसलाई अझ बल दिएको छ । जहाँ पार्टीकै नेतालाई राष्ट्रपति बनाउने प्रवृत्तिले जनअपेक्षा पूरा हुनेमा विश्वास नगर्ने ठुलो हिस्सा समेत छ ।
प्रतिक्रिया