काठमाडौँ – आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।
संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया