काठमाडौँ – रूसको राजधानी मस्को नजिकैको क्षेत्रमा एउटा ड्रोन दुर्घटनामा परेर खसेको छ ।
घटनापछि ड्रोन खसेको क्षेत्रमा मेयरले यसलाई सहरको कुनै बाक्लो बस्तीमाझ आक्रमण गर्ने उद्धेश्यसहित यसलाई पठाइएको अनुमान गरेका छन् । आक्रमण प्रयासका लागि गन्तव्य खोजिरहेका बेला यो ड्रोन दुर्घटनामा परेको अनुमान गरिएको छ ।
गभर्नर आन्द्रे वोरोब्योभको यो भनाइ जब रुसी रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दियो तब आएको हो । तर रूसी भूमिभित्र आक्रमणलाई लिएर युक्रेनले कुनै जिम्मेवारी लिएको छैन ।
यो ड्रोन खसेको स्थाननजिकै रूसको सरकारी ऊर्जा कम्पनी ग्याजप्रोमको एउटा शाखा छ । यो स्थान मस्कोबाट केबल १०० किलोमिटर दूरीमा छ ।ग्याजप्रोमले रूसको समाचार एजेन्सी नोभोस्तीलाई बताएअनुसार कोलोमना जिल्लामा कम्पनीको काममा कुनै अवरोध आएको छैन ।
आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, ‘ड्रोनको निशाना कोलोमनामा सम्भवतस् एक बाक्लो वस्तीयुक्त क्षेत्र थियो । तर सम्भावित क्षति टरेको छ । कुनै किसिमको धनमालको पनि नोक्सान भएको छैन । रूसको सेक्युरिटी सर्भिस र अरु एजेन्सीले यसबारे जाँच गरिरहेका छन् ।’
रूसी सञ्चारमाध्यम र अधिकारीहरुको तर्फबाट जारी गरिएको फोटोमा यो ड्रोन रुखरुहरुको बचीमा खसेको देख्न सकिन्छ । जसको वरपर बाक्लो हिउँ पनि छ ।
प्रतिक्रिया