Breaking

मेसी बने फिफा उत्कृष्ट वर्ष खेलाडी, लामो समयदेखिको सपना पूरा भएको प्रतिक्रिया


काठमाडौँ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन् । उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षीय मेसीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनी फुटबलर पेरिस सेन्ट जर्मन पीएसजीका फरवार्ड लियोनल मेसी २०२२ को बेस्ट फिफा अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केलियन एम्बापे र करिम बेन्जेमालाई पछाडि पार्दै मेसीले अवार्ड हात पारेका हुन् ।

कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१ र २०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । दोस्रोपल्ट अवार्ड जितेपछि मेसीले भने यो अद्वितीय रह्यो । यो वर्ष निकै सुखद् रह्यो । मेरा साथी खेलाडी बिना यो सम्भव थिएन । उनले भने मैले लामो समयदेखि जुन सपना देखेको थिएँ त्यो पूरा भएको छ । धेरै कमले मात्र यस्तो सपना पूरा भएको देख्न सक्छ । त्यसैले म निकै भाग्यमानी पनि छु । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो ।

अवार्ड विजेता मेसी कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए । मेस्सीले अर्जेन्टिनालाई २०१० विश्वकपको क्वार्टरफाइनलसम्म र्पुयाउन मद्दत गर्याे जहाँ टोली जर्मनीसँग विश्वकप खेलबाट बाहिरिएको थियो । २०१४ को विश्वकप फाईनलमा जर्मनीसँग नै फेरी हार बेहोरर्नु परेको थियो । २०१८ को विश्वकपमा मेस्सीले चार गोल गरे र लगभग एकल हातले समूह चरण र नकआउट राउन्डमा अर्जेन्टिनी टोलीलाई अगाडि बढाए जहाँ अर्जेन्टिना पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो । २०१६ को कोपाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि ठूलो प्रतियोगितामा टोलीको लगातार तेस्रो फाइनलमा हार बेहोर्नु परेको थियो ।

२०१८ को विश्वकपमा उसले अर्जेन्टिनाको टोलीलाई नकआउट चरणमा पुग्न मद्दत गर्याे जहाँ आफ्नो पहिलो खेलमा अन्तिम च्याम्पियन फ्रान्सबाट बाहिरिएका थिए । २०२१ मा खडेरी लागेको अर्जेन्टीनालाई कोपा अमेरिकाको उपाधी दिलाए । २०२२ को विश्वकपमा उनले अर्जेन्टिनालाई उपाधि जिताउन महत्वपूर्ण योगदान नै गरे । विश्वकपको गोल्डेन बल जितेर दुई पटक त्यो अवार्ड पाउने पहिलो पुरुष खेलाडी समेत मेसी बने ।