Breaking

सन्दीपलाई न्याय, क्रिकेटलाई अवसर, युएई जाने तयारी, युएईको मैदानमा कस्तो रहला प्रदर्शन ?


काठमाडौँ — सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै लामिछानेलेक्रिकेट खेल्न विदेश जान अनुमति पनि पाएका छन् ।फैसलासँगै क्यानले लामिछानेलाई युएई पठाउने तयारी थालिसकेको छ । राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई थुनामा फर्काउन नपर्ने ठहर गर्दै विदेश जाने अनुमति दिएको हो। सर्वाेच्चले क्रिकेटर लामिछानेलाई अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भन्ने आदेशसँगै विदेश जनाका लागि खुकुलो गरिदिएको हो ।

यो निर्णयसँगै अब सन्दीपले सोमबारबाट सुरु भएको नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई÷दुई खेल खेल्न जान पाउने छन् । यसैका बीच दुई साताअघि राजधानीको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा जादूयी प्रदर्शन गरेका सन्दीपलाई क्यानले युएई पठाउन तयारी थालेको छ । ६ महिनाको लामो अन्तरालपछि उक्त श्रृंखलाबाट राष्ट्रिय टिममा फर्केका लामिछानेले ४ खेलमा १३ विकेट चट्काउन सफल भएका थिए ।

यसअघि नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएपछि सन्दीप पुस २९ गते थुनामुक्त भएका थिए । तर, उनलाई विदेश जान भने रोक लगाएको थियो ।उच्च अदालत पाटनको धरौटीमा थुनामुक्त गर्ने आदेशलाई पनि सर्वोच्चले सदर गरेको छ । यस्तै क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो ।

आइतबार सन्दीपको मुद्दा हेर्दा हेर्दैमा रहेको थियो ।त्यस्तै महान्यायाधिवक्ता कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाेच्चमा निवेदन दिएका थिए । सर्वाेच्चबाट सन्दीपको पक्षमा आएको अदेशसँगै नेपाली क्रिकेट समर्थकमा खुशीयाली छाएको छ । उनले विगतमा गरेको प्रदर्शनकोअपेक्षा युएई भ्रमणमा पनि गरिएको छ । उनले तत्कालका लागि सर्वोच्चबाट न्याय पाउँदा नेपाली क्रिकेटले पनि विश्वकप लिग २ शीर्ष तीनमा पर्न र एकदिवसीय मान्यत कायम राख्न थप एक राम्रो अवसर मिलेको छ ।