काठमाडौँ — इटालीको दक्षिणी क्यालाब्रिया समुन्द्रमा डुङ्गा डुब्दा १२ बालबालिकासहित कम्तीमा १०० आप्रवासीको मृत्यु भएको छ । उक्त दुर्घटनामा दर्जनौं बढी बेपत्ता भएको आशंका गरिएकोे छ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्रमा आएको आँधीका कारण डुङ्गा डुब्दा १२ बालबालिकासहितम्तिमा सय जना आप्रवासीको मृत्यु भएको छ । जहाजमा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका आप्रवासीहरू रहेका थिए । घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोसीले ३० जना अझै बेपत्ता रहेको बताएका छन् । केही दिनअघि टर्कीबाट हिँडेको डुङ्गामा कति यात्रु थिए भन्ने यकिन संख्या भने अझै खुल्न सकेको छैन । उद्दारकर्मीहरुका अनुसार डुङ्गामा दुुई सयभन्दा बढी मानिस रहेको अनुमान गरिएको छ ।
उक्त डुुङ्गा खराब मौसमका कारण चट्टानमा ठोक्किएर डुबेको थियो । जसले जमिन र समुद्रमा ठूलो खोजी र उद्दार अभियान सुरु गरेको छ । सन् २०१४ देखि यता भू–मध्यसागरमा डुबेर २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका छन् । भू–मध्यसागरमा खोज र उद्दार कार्य गर्ने आप्रवासी सहायता केन्द्रका निर्देशक रेजिना क्याट्राम्बोनले भने युरोपेली देशहरूले खाँचोमा परेकाहरूलाई मद्दत गर्न मिलेर काम गर्नुपर्छ ।
इटालीका पूर्व अर्थमन्त्री कार्ली क्यालेन्डाले समुन्द्रमा कठिनाइमा परेका मानिसहरूलाई जतिसुकै मूल्यमा पनि उद्दार गर्नुपर्ने बताए तर अवैध अध्यागमन मार्गहरू बन्द गरिनु पर्ने बताए । युरोपेली आयोगका अध्यक्ष उर्सुला भान डेर लेनले घटनाबाट निर्दोष आप्रवासीहरूको ज्यान जानुु दुःखद घटना भएको बताइन् । उनले युरोपमा आप्रवासी सम्बन्धी चुनौतीहरूको सामना गर्न शरणार्थीसम्बन्धी नियमहरूमा सुधार गर्ने प्रयासलाई दोब्बर बनाउनू महत्वपूर्ण भएको समेत बताइन् ।
उनले मायोपिक भिजनको अन्त्य गर्न पनि आह्वान गरिन् अफ्रिका र मध्य पूर्वसँग भौतिक रूपमा नजिक रहेका देशहरूले यस मुद्दालाई सम्बोधन गर्न नेतृत्व लिनुपर्दछ । अझै पनि युरोपेली राज्यहरू बीच सक्रिय रूपमा सहकार्य गर्न र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्न एकसाथ समन्वय गर्न कुनै सहयोग छैन, उनले भनिन् खोज र उद्दार प्रयासहरू सुधार गर्न र सुरक्षित र कानुनी मार्गहरू विकास गर्न सरकारहरूलाई मिलेर काम गर्न आग्रह समेत गरकी छिन् ।
प्रतिक्रिया