Breaking

प्रचण्डसँग किन झुक्किए ओली ? प्रचण्ड सवै विकल्प बन्द गरेर कांग्रेसको शरणमा,लुकामारी कहिलेसम्म ?


काठमाडौँ — राष्ट्रिय सहमतिका नाममा कांग्रेसको ढोक्सामा माछा पारिदिएको माओवादीले एमालेसँगको सम्बन्धन भने रसातलमा पु¥याएको छ । पुस १० मा भएको सहमतिका नाममा हदैसम्म लचक हुने एमालेको निर्णयकावीच पनि कांग्रेसको साथ पाएपछि निकै कठोर बनेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सवै विकल्प नै बन्दको अवस्था सिर्जना गरेका हुन । जसले आश गरिएको वाम धुव्रीकरणको सम्भावना समेत प्रभावित बनेको हो । राष्ट्रिय सहमतिका नाममा माओवादीले लिएको अडान कांग्रेस बोक्ने मेलो भएको एमालेको आशंकालाई अस्वीकार गर्दै आएका माओवादी नेताहरु अहिले चुपचाप छन ।

जवकि हिजोका दिनसम्म माओवादी महासचिव देव गुरुङ नै यो सरकारमा एमाले र कांग्रेस दुवै अटाउने दावी गर्दै आएका थिए । सय प्रतिशतलाई नै मिलाउन सक्ने अवस्था हुन्जेल वहुमत र अल्पमतमा किन जाने ?प्रतिपक्ष केवल प्राविधिक कुरा हो भन्ने देव गुरुङ के माओवादी भागवण्डामा मिलाएर पाँचबर्षे सत्तायात्रा सुनिश्चित गर्न चाहान्छ भन्ने प्रश्नमा समेत झोक्किन्थे ।

यता एमालेपनि राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने तथा पुस १० गतेको सहमतिमा अन्तिमसम्म टिकेको सन्देश दिने रणनीतिमा थियो । विगतमा धोका दिएकैलाई बोकेर प्रधानमन्त्री बनाएकोले त्यसको हक आफ्नो पनि हुने जसरी एमाले प्रस्तुत हुँदा प्रचण्ड भने कांग्रेसको सत्तारोहणको हतारलाई झेल्न सक्ने अवस्थामा थिएनन् । फलत ः सरकारबाट बाहिरिन दवाव दिइरहेका उनले परराष्ट्रमन्त्री विमला राई पौडेलेको जेनेभा भ्रमण नै अन्तिम समयमा रोकिदिए । मन्त्रिपरिषदले नैभ्रमण स्वीकृत गरिसकेका कारण उनले पनि सबै तयारी गरिसकेकी थिइन भनेसोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने तय भएको थियो । जसलाई रोकेर उनले सांकेतिक दवाव प्रस्तुत गरे

उनको यो निर्णयको कुटनीतिका जानकारहरुले विरोध गर्दा प्रचण्ड एमालेलाई सत्ताबाहिर पुु¥याउन कति हतारोमा थिए भन्ने समेत प्रष्ट भएको छ । जसले एमालेलाई सचिवालय बैठक बोलाउन दवाव नै दियो भने यसैको आडमा एमालेलेसमर्थन फिर्ता गर्ने निर्णय सहित सरकारबाट बाहिरिएको छ । जसलाई देशमा अस्थिरता निम्ताउनतर्फ प्रचण्डको हतारोको संज्ञा दिएको एमालेले पुस १० मा भएको सहमतिअनुसार माओवादी नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको आरोप लगाएको छ । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको एमाले नेताहरुको दावी छ ।

हुन त प्रचण्डले आठ दलीय गठबन्धन बनाएपछि नै प्रहारमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले धोका दिएको बताइसकेका छन भने उनीमाथि आरोपको वर्षात् नै सुरु गरका छन । यद्यपि धोका दिने कुरा थाहा पाएरपनि अल्पमतको सरकार निर्माण हुने अवस्थाबाट बचाउन साथ दिएको समेत उनको भनाई छ । जसले पानी वारावारकै अवस्थामा पुगको उनीहरु दुवै विच विश्वासको अभावकै कारण यो अवस्था आएको भन्ने आधार प्रदान गरेको छ । तर यसैपनि अस्थिर चरित्रको ट्याग भिरेका प्रचण्डले सबै विकल्प बन्द गर्दै कांग्रेसतर्फ हात मिलाउन चालेको कदम उनकै लागि पनि विगतभन्दा वढि नोक्सानीपूर्ण बन्न सक्छ ।