काठमाडौँ — देशको राजनीतिमाविदेशीशक्तिहावीभएको कुरा पछिल्ला केहीउदाहरणबाट नै छर्लंग बनेको छ । सत्ता स्वार्थका लागि नेपालीभूमिलाई विदेशीको क्रिडास्थल बनाइदिने नेताहरुका रवैयाका कारण सार्वभौम मुलुकशब्दमामात्रै सीमितभएको छ । पुस १० गतेको ओली–प्रचण्डबीच आकस्मिक समीकरण बनेसँगै यसलाई चिनियाँ समीकरणको नामाकरण मात्रै करार गरिएन कि फेरि पनि कम्युनिष्टहरु मिलाउनचीन सक्रियभएको टिकाटिप्पणी सर्वत्र सुरु भएको थियो । कम्युनिष्टहरुको मिलनलाई आफ्नो पराजयको रुपमालिएको अमेरिका र भारतीयले त्यसपछि नेपालमाबाक्लै दौडधुप बनायो ।
यसअवधिमातीन अमेरिकी र एक भारतीयविदेश सचिवले देशकाउच्चपदस्थदेखि सबै शीर्षस्थ नेतासँग भेटवार्ता गर्न भ्याए । जसको कारण बालकोटको बार्दलीबाट सुरु भएको कम्युनिष्टको समीकरण दुई महिनामा नै भुईमाआइपुगेको छ । सरकार गठनको पूर्वसन्ध्यामा नेपालमाशक्ति राष्ट्रहरुको दौडधुप निकै बाक्लिन्छ । अन्य समयमाप्रायःशून्य नै हुने विदेशी विशिष्ट व्यक्तिहरुको आगमन देशको सर्वोच्च निकायदेखि कार्यकारी जस्ताको पदपूर्तिको समयमाभने अनपेक्षित रुपमाबाक्लिने गरेको विगतकादिनहरुले देखाएकै कुरा हो । राष्ट्रपति, सभामुख, प्रधानमन्त्रीचयनसँगै सत्ताबदल्नकालागिपनिविदेशीको दौडधुपको प्रभाव रहने गरेको कुरा शीर्षस्थ नेताहरु नै बताउँछन् ।
अमेरिकीउच्चअधिकारीहरुको निरन्तर नेपालयात्रा, छिमेकीमुलुकभारत र चीनको सक्रियताले नेपालविदेशीको खेल मैदानबनिरहेको छ । बढ्दो भू–राजनीतिकप्रभावका कारण नेपाल सधै अस्थिरताको उपमा बनेको छ । विदेशीशक्तिले सत्तासमीकरण उलटपुलट भएको भनिरहँदात्यही उलटपुलटले राष्ट्रिय राजनीतिमाद्वन्द्वनिम्तिएको छ । सार्वभौम भनेर गर्व गरिरहँदाशीर्ष नेताहरुको इगोले अन्तर्राष्ट्रिय स्तरमा नै देशको छवी धुमिलिएको छ । त्यसको पछिल्लो उदाहरण परराष्ट्रमन्त्रीको रद्द जेनेभा भ्रमणलाई लिन सकिन्छ । मन्त्रीपरिषद्को निर्णयलाई नै बेवास्तागर्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम घडीमा भ्रमण रद्ध गरिदिए ।
नेताहरु विदेशीनाच्ने ठूलो अखडा नेपाल बनेको भन्दै रोइकराई गरिरहँदात्यो नाच्ने ठूलो मञ्चतिनै नेताहरुले बनाई दिएकाहुन् । आफ्नो सत्ता स्वार्थका लागिविदेशीलाई स्पेसदिने नेताहरु आफु अनुकूलनहुँदाविदेशी हस्तक्षेपको झ्याली पिट्छन् । राणाले शासनअन्त्यभएको ७दशकबितिसक्दापनि देशको कूटनीतिक परिपक्वतामाझन् झन् ह्रास आएको छ ।
सत्ता समीकरणको सबै दोषारोपण विदेशीलाई मात्रै लगाईरहँदा देशका नेतालाई गंगाजल जस्तै पवित्रमान्नकदापि सकिदैन । आफ्नो स्वार्थका लागि नेताहरुले कैयन् पटक आफू जितेर देश र जनतालाई हारको स्वादचखाएका छन् । तिनै नेताका कारण आन्तरिक राजनीतिमाविदेशी सक्रियता र उनीहरुको हस्तक्षेप सफलभइरहेको छ ।
प्रतिक्रिया