देश

मुरारका ग्रुपर सोमानीसेरामिक्स लिमिटेडको सहकार्य


काठमाडौँ — नेपालको प्रख्यातव्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानीसेरामिक्ससँगको संयुक्तलगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुुपर सोमानीबीचको यो संयुक्तउद्यमले नेपालमाकरिब ३.०मिलियन स्क्वाएरमिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो । काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथाकम्पनीकाप्रतिनिधिहरुको उपस्थितिमाआजआयोजित एक पत्रकार सम्मेलनमाउक्त सहकार्यको बारेमाजानकारी दिइएको हो ।

यस बारेमाबोल्दै मुरारका ग्रुुपकाम्यानेजिङ डिरेक्टर श्री पशुपति मुरारकाज्युले भन्नुभयो, “मुरारका ग्रुुपआफ्नाग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ। यस सहकार्यले नेपालीबजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । साथसाथै नेपालीबजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवापुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।

”त्यस्तै गरीसोमानीसेरामिक्सकाप्रबन्धनिर्देशक एवम्सिइओ श्री अभिषेक सोमानीज्युले भन्नुभयो, “नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदाहामीगौरवान्वितभएका छौँ । सोमानीसेरामिक्सले विश्वभर आवासीयतथाऔद्योगिकप्रयोजनकालागिउपयुक्तउच्च गुणस्तरको टाइल्स उत्पादनतथाआपूर्ति गर्दै आएको छ र यसले नेपालीबजारमापनि राम्रो स्थानपाउने कुरामाहामीविश्वस्त छौँ ।”