Breaking

एमाले सचिवालय बैठक सुरू


काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन् ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रोकिएको भ्रमणबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । यसबारे पनि आजको बैठकमा छलफल हुनेछ ।