Breaking

रास्वपाको बैठक जारी, राष्ट्रपति निर्वाचनबारे छलफल


काठमाडौँ – राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ ।

राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाले आज निर्णय लिने सो पार्टीका नेताहरुले बताएका छन् ।

साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ ।

सभापति रवि लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट मुक्त भएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।