Breaking

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौँ – सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने एमालेका एक नेताले जानकारी दिए ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ ।