Breaking

प्रचण्डको धोकापछि ओलीको प्रहार, सुरु भयो भनाभन, ओलीसँग माधव नजिकिँदै, ओलीसँग कुन अस्त्र बाँकी ?


काठमाडौँ — राष्ट्रपतिमा काँग्रेसका उम्मेदवारलाई समर्थन दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डसँग आवेग ओकल्न थालेका छन् । प्रचण्डले पनि एमाले प्रतिपक्ष बनेको दाबी गर्दै दुईमहिनाको सहकार्य तीतो बनेको अनुभव सार्वजनिक गरेका थिए । अब उनीहरुबीच सत्ता सहकार्यसँगै जुहारी पनि चल्ने भएको छ । पुष्पकमल दाहाल प्रचण्डजीलेहातमा चक्कु लिएर बस्नु भयो, र मलाई फुल हो भनिरहनु भयो ।

मैले पनि तपाईँले भनेपछि होला त नी भन्दै बसिरहे । तर शहीद, वेपत्ता र जनयुद्धका घाइतेहरुलाई धोका दिइरहेका व्यक्तिले मलाई धोका दिनु के नै ठूलो कुरा भयो र ?’एमाले अध्यक्ष ओलीको रोदन हो । राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थन गुमाएपछि एमाले अध्यक्ष ओली अब आक्रोश ओकल्न थालेका छन् ।किनकि यसपटक उनलाई प्रधानमन्त्री प्रचण्डबाट धोका भएको छ ।

पुस १० मा गरिएको सहमति विपरित गएर राष्ट्रपतिको उम्मेदवारमा काँग्रेसलाई समर्थन गर्ने मात्रै होइन, ओलीका अघि आठ दलको महागठबन्धन नै बनाइदिएपछि एमाले एक्लिएको छ ।तर यसलाई प्रधानमन्त्री प्रचण्डले ओलीको आफ्नै गरिकमाइका रुपमा ब्याख्या गरेका छन् । उनले सरकार गठनको दुई महिनाकै अवधिमा निकै तीतो अनुभव हासिल गरेको र काँग्रेससहितको गठबन्धनमा फर्किएपछि गर्व महसुस भएको दाबी नै गरेका छन् ।

एमाले अध्यक्ष ओलीले यसको पनि जवाफ फर्काएका छन् । व्यक्तिगत स्वार्थका लागि जसलाई पनि झुक्क्याउन सक्ने पात्रका रुपमा प्रचण्डलाई चित्रित गरेका छन् ।एमालेसँग रहँदा काले–काले मिलेर खाउ भाले गर्न नपाएपछि हरियो देख्नबित्तिकै दाम्लो छिनाएको कटाक्ष समेत ओलीको छ । मन्त्रिमण्डल विस्तारदेखि भागबण्डा र सरकार सञ्चालनकै विषयमा हस्तक्षेपकारी भूमिका खेलेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै पेलानमा थिए । प्रधानमन्त्रीबाहेक बाँकी मालदार मन्त्रालय प्रचण्डको भागमा थिएनन् । अर्थसहितका आकर्षक मन्त्रालय आफुले र गृहमन्त्री पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिएपछि प्रचण्ड असन्तुष्टि थिए ।

तर काँग्रेसलाई राष्ट्रपतिको वचन दिएर पुस २६ मा विश्वासको मत हासिल गरेका उनले अहिले ओलीलाई चक्मा दिएर गठबन्धन फेरेका हुन् । तथापी चमत्कारिक परिवर्तनको आशसहित राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ जस्ता बलिया पात्रलाई उम्मेदवार बनाएका ओलीले फागुन २५ मा ढोक्सा थापेरै जित हासिल गर्ने लक्ष्य लिएका छन् । यसैकारण तत्कालै सरकार नछाड्ने संकेत पनि ओलीको छ ।काँग्रेसबाहेकका सबै दललाई समर्थनको आग्रह गर्दै चिठ्ठी नै पठाएका छन् । माधवसँग नजिकिँदै गएका ओलीप्रति नेकपा एकीकृत समाजवादीका नेताहरु पनि नरम बन्न थालेका छन् । तर प्रचण्डप्रति ओलीको आवेग आउन थालेपछि माओवादीसँग सहकार्यका सबै ढोका बन्द भएको प्रष्ट छ ।