Breaking

सरकारी निवास बालुवाटारमा ८ दलको बैठक सुरू


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत ८ दलका शीर्ष नेता बालुवाटारमा आज साँझ छलफलमा जुटेका छन् ।

समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन् । प्रधानमन्त्रीको सचिवालयले ८ दलको बैठक सुरू भएको जानकारी दिएको छ ।