Breaking

माओवादीले नेम्वाङलाई मत दिन्छ: योगेश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई दिने बताएका छन् । जुम्लामा आइतबार प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले १० पुसमा सरकार निर्माण गर्दा एमालेसँग भएको सहमति अनुसार राष्ट्रपतिमा नेम्वाङलाई मत दिने बताएका हुन् । उनले माओवादीका लागि बामपन्थी एक हुने अवसर भएकाले राष्ट्रपतिमा सहयोग गर्ने आशा गरे ।