Breaking

क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी निवेदनको सुनुवाइ भोलि पनि


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ भोलि पनि हुने भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरू गरेको थियो । बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ । बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।