देश

राकुटेन भाइबरले एआई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै


काठमाडौँ — राकुटेन भाइबरले ‘एआई च्याट एन्ड क्रिएट’को सुरुवात गरेको छ । जसले प्रयोगकर्तालाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डल–ई र दाविंचीजस्ता जेनेरेटिभ एआईका विशेषता प्रयोग गरिएको यो एपको च्याटबट मार्फत प्रयोगकर्ताले कुनैपनि प्रश्न सोध्न वा तस्बिरहरू डिजाइन गरेर रचनात्मक ढंगबाट प्रयोग गर्न सक्ने भाइबरले जनाएको छ ।

परिवर्तनशील संसारमा लैजाने नवीनतम एआई उपकरण प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो’ भाइबरले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘भाइबरको लक्ष्य भनेको एआईलाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताका लागि सहज बनाउनु हो ।’

भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दै आएको छ । जसको कारण प्रयोगकर्ताले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको प्रयोग गर्न सक्नेछन् । केही ट्यापबाट नै प्रयोगकर्ताले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सक्ने छन् ।