देश

जिल्लाकै पहिलो नगरपालिका मलंगवा नगरपालिकाले ३६ औं स्थापना दिवस मनाउने



काठमाडौँ — सर्लाही जिल्लाकै सबैभन्दा पुरानो तथा पहिलो स्थानीय तह मलंगवा नगरपालिकाले आफ्नो ३६ औं स्थापना दिवस मनाउने भएको छ । विसं २०४१ सालमा स्थापना भएको यस नगरपालिकाले फाल्गुन १७ र १८ गते दुई दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाउने तयारी गरिरहेको छ ।कार्यपालिका बैठकको निर्णयअनुसार पहिलोपटक मनाउन लागिएको यस पालिकाको स्थापना दिवस भव्य रुपमा मनाउने नगरप्रमुख नागेन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको छ ।

यस अवसरमा फाल्गुन १७ गते मलंगवा नगर विकास चिन्तन कार्यक्रम अन्तर्गत मलंगवा नगरपालिकाको विकास ,सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि भोली पल्ट फाल्गुन १८ गते बिहान ११ बजे नगरपालिकाको प्रतीक चिन्ह(लोगो) सार्वजनिक गर्ने ,आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न नगरको बिच भागमा अवस्थित जनसागर पोखरीमा डुङ्गा संचालन गर्ने र खेलकुदलाई बढावा दिन मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मैत्रीपूर्ण कप फुटबल,म्युजिकल चेयर तथा गाग्री फुटाउने खेल प्रतियोगिताको साथसाथै खुल्ला सांगीतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम अधिकृत राजकुमार अधिकारीले जनाएको छ । समारोहलाई भब्यताका साथ सम्पन्न गराउन १२ वटै वडाका जनप्रतिनिधि ,कर्मचारी ,स्थानीय संघसंस्था ,नागरिक समाज,बुद्धिजीवी तथा स्थानीयबासीहरु जोडतोडका साथ लागिपरेका छन्