Breaking

ओलीको चलाखीमा सुवास राष्ट्रपति, प्रचण्डको योजनाबद्ध कदम, माधवलाई ओलीको चिठ्ठी, फागुन २५ मा ठूलै जोखिम


काठमाडौँ — आठ दलीय गठबन्धनको समर्थनमा काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन् भने उनलाई टक्कर दिन एमालेले सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ । एमाले अध्यक्ष ओलीले फागुन २५ मा ढोक्सा थापेको दाबी समेत गरेका छन् । १४ बर्षको जेलजीवन र १७ पटकसम्म प्रधानमन्त्रीमा पराजय अनुभव भएका रामचन्द्र पौडेल एकपटक पार्टी सभापति र एकपटक संसदीय चुनावमा समेत पराजित भएका छन् । यसर्थ हार नै रामचन्द्रको राजनीति हो । तर यसपटक रामचन्द्रको राशीफल फेरिएको छ । २० औं पटकको प्रतिस्र्पाधात्मक प्रयासमा रामचन्द्र राष्ट्राध्यक्ष बन्दैछन् ।

आठ दलको समर्थनसहित पार्टी सभापति शेरबहादुर देउवा दाहिने हुँदा राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका रामचन्द्रलाई राजनीतिको उत्तरार्धमा पोल्टाभरी अर्थात सबथोक मिलेको छ । तर रामचन्द्रको टक्करमा एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।जुन पटक्कै सहज पात्र होइनन् ।यसको जनाउ दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङदाउपेचको उम्मेदवार नभएको स्पष्ट पारेका छन् । यसर्थ अझै पनि ओली आठदलीय गठबन्धनका विरुद्ध जित निकाल्ने ओलीको दाउ छ । र उनले चिया खाएका जति सबैले भोट दिन्छन् र ? भन्दै आठ दलीय गठबन्धन नै नभएको दाबी गरेका छन् ।

राष्ट्रपतिमा आफ्नो पार्टीले समर्थन गुमाएको दिन नै एमाले अध्यक्ष ओलीले काँग्रेसबाहेकका दलसँग समर्थनको आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतलाई चिठ्ठी नै पठाएर समर्थन माग गरेका उनले सबैप्रति नरम हुने नीति लिएका छन् । जसरी पुस १० मा गठबन्धन भत्किएर सरकार गुमाउँदा पनि काँग्रेसले लचक नीति लिएर प्रचण्डसँग खेल्ने आधार बनाएको थियो । अब ओलीको चिठ्ठी सम्बन्ध विच्छेदपछिको प्रेमपत्र मात्रै हुन्छ कि सार्थक परिणाम पनि ल्याउछ हेर्न बाँकी नै छ ।

तर पुस २६ मा प्रधानमन्त्रीलाई काँग्रेस विश्वासको मत दिँदा ओली जति सशंकित बन्दै ढोक्सा थापेको दाबी गरेको फागुन २५ मा आफुले ढोक्सा थाप्ने नीति एमालेको छ ।तथापी सामान्य कदम उठाएर ओलीको ढोक्सामा माछा पर्ने सम्भावना न्यून छ ।किनकि एमालेसँग सहकार्य तोड्दै काँग्रेससँग सम्बन्ध जोड्ने काम प्रधानमन्त्री प्रचण्डको योजनाबद्ध तयारीकै बाबजुद सफल भएको हो । तर दुई महिनामै सत्ता गठबन्धन बदल्ने प्रचण्डको निर्णयले अस्थिरताको नयाँ कीर्तिमान बनाएको विश्लेषण भइरहेका छन् ।यसले सत्ता परिवर्तनको चरम रुप देखाएको छ । प्रचण्डले कांग्रेसकै प्रयासलाई बल पुग्नेगरी माघ१० मा स्थायी कमिटी बैठकबाट राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने निर्णय गरे ।

त्यसयता प्रचण्डका हरेक प्रयास र निर्णयलाई हेर्दा पनि प्रचण्ड नै एमाले नेतृत्वको गठबन्धन बदल्ने भूमिकामा निरन्तर लागिपरेको पुष्टि हुन्छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा माओवादीका सबै सांसदले एमाले उम्मेदवारलाई मत दिएका थिएनन् । सुदूरपश्चिममा माओवादीका सभामुखलाई मत दिएको नागरिक उन्मुक्ति पार्टीले एमालेका मुख्यमन्त्रीलाई दिएको थिएनन् । त्यसको दुईदिनअघि नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई ९ बर्ष पुरानो मुद्धामा पक्राउ गरेको सरकारले सुदूरपश्चिम सरकार ढालेपछि राष्ट्रपतिबाट आममाफी भन्दै उनलाई छोडेको छ । रवि लामिछानेको नागरिकता फैसलापछि रास्वपाबारे अनिच्छा देखाउँदाउ सरकारबाटै बाहिरिएको थियो ।

पचाउन मूस्किल नै भएपनि यो सबै प्रचण्डको योजनाबद्ध कदमका रुपमा बुझ्न सकिन्छ ।तर विश्वासको मत लिने दिनमै एमाले अध्यक्ष ओलीले सरकार आफ्नै कब्जामा रहेको जसरी विगतको संसद विघटनलाई पनि सही देखाउन खोजेपछि प्रचण्डलाई झन सहज भयो । मन्त्रिमण्डल भागबण्डादेखि रविलाई गृहमन्त्री दिन दबाब दिएको विषयमा पनि प्रचण्ड ओलीप्रति रुष्ट थिए । आफुलाई कर्नरमा राखेर उच्चस्तरिय राजनीतिक संयन्त्रमा ओलीको हालीमुहाली भएको पनि प्रचण्डलाई चित्त बुझेको थिएन । फलतः पुस २६ मा काँग्रेसले थापेको ढोक्सामा ठूलै माछा परेको छ । अब फागुन २५ मा एमालेले थापेको ढोक्सामा के पर्छ हेर्न बाँकी छ ।