Breaking

ओलीमाथि परेको बज्रपात, प्रचण्डको उदण्ड धोका रुप, प्रचण्ड आफै कठघरामा (भिडियोसहित)


काठमाडौँ – नेपाली राजनीतिमा धोका खानु र दिनु सामान्य जस्तै बनेको छ । सत्ता स्वार्थमा डुबेका दलहरु आफलाई अनुकुल बनाउनकै लागि कतिबेला कसलाई धोका दिन्छन् लख काट्न समेत मुस्कील छ । यसले स्थायित्वको नारालाई व्यंग्य पुगेको छ भने राजनीति थप बद्नाम बन्दै गएको छ ।

नेपाली राजनीतिमा धोका धडीको लाज लाग्ने दृश्य चलिरहेको छ । साथ छाडेकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डप्रति क्रुद्ध छन् । अहिले धोका नै नेपाली राजनीतिको पहिचान बनेको छ । धोका नै गरिखाने भाँडो बनेको छ । कसले कतिबेला कसलाई धोका दिएरपासा पल्टाउँछ पत्तैहुँदैन ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिएकै कारण दुई महिनाअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको लत्तो समाएर प्रधानमन्त्री बनेका थिए । देउवाले निर्वाचनपछि प्रधानमन्त्री दिने वाचा तोडेर धोका दिएको भन्दै ओली कहाँ गएर देउवालाई धोका दिएका प्रचण्डलेएमालेसँग राष्ट्रपति दिने सहमति गरेका थिए । तर त्यो सहमति पनि तोड्दै ओलीलाई धोका दिएर उनी फेरि देउवाकै दैलोमा हाजिर भएका छन् ।

यसबाट पुस १० मा एमाले अध्यक्ष ओलीलाई मिलेको तत्कालिक फाइदा अहिले काँग्रेसलाई मिलेको छ । प्रचण्डकै जोडबलमा राष्ट्रपति पाएपछि काँग्रेस पनि बाजी मारेको विजयभाव मनाइरहेको छ ।