Breaking

कांग्रेसको ‘ढोक्सा’ मा राष्ट्रपति : माधवलाई ओलीको चिठ्ठी, फागुन २५ मा ठूलै जोखिम (भिडियोसहित)


काठमाडौँ – आठ दलीय गठबन्धनको समर्थनमा काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन् भने उनलाई टक्कर दिन एमालेले सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ । एमाले अध्यक्ष ओलीले फागुन २५ मा ढोक्सा थापेको दाबी समेत गरेका छन् ।
१४ बर्षको जेलजीवन र १७ पटकसम्म प्रधानमन्त्रीमा पराजय अनुभव भएका रामचन्द्र पौडेल एकपटक पार्टी सभापति र एकपटक संसदीय चुनावमा समेत पराजित भएका छन् । यसर्थ हार नै रामचन्द्रको राजनीति हो । तर यसपटक रामचन्द्रको राशीफल फेरिएको छ । २० औं पटकको प्रतिस्र्पाधात्मक प्रयासमा रामचन्द्र राष्ट्राध्यक्ष बन्दैछन् ।

आठ दलको समर्थनसहित पार्टी सभापति शेरबहादुर देउवा दाहिने हुँदा राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका रामचन्द्रलाई राजनीतिको उत्तरार्धमा पोल्टाभरी अर्थात सबथोक मिलेको छ । तर रामचन्द्रको टक्करमा एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । जुन पटक्कै सहज पात्र होइनन् । यसको जनाउ दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ दाउपेचको उम्मेदवार नभएको स्पष्ट पारेका छन् । यसर्थ अझै पनि ओली आठदलीय गठबन्धनका विरुद्ध जित निकाल्ने ओलीको दाउ छ । र उनले चिया खाएका जति सबैले भोट दिन्छन् र ? भन्दै आठ दलीय गठबन्धन नै नभएको दाबी गरेका छन् ।


राष्ट्रपतिमा आफ्नो पार्टीले समर्थन गुमाएको दिन नै एमाले अध्यक्ष ओलीले काँग्रेस बाहेकका दलसँग समर्थनको आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालल गायतलाई चिठ्ठी नै पठाएर समर्थन माग गरेका उनले सबैप्रति नरम हुने नीति लिएका छन् । जसरी पुस १० मा गठबन्धन भत्किएर सरकार गुमाउँदा पनि काँग्रेसले लचक नीति लिएर प्रचण्डसँग खेल्ने आधार बनाएको थियो ।

अब ओलीको चिठ्ठी सम्बन्ध विच्छेदपछिको प्रेमपत्र मात्रै हुन्छ कि सार्थक परिणाम पनि ल्याउछ हेर्न बाँकी नै छ । तर पुस २६ मा प्रधानमन्त्रीलाई काँग्रेस विश्वासको मत दिँदा ओली जति सशंकित बन्दै ढोक्सा थापेको दाबी गरेको फागुन २५ मा आफुले ढोक्सा थाप्ने नीति एमालेको छ ।तथापी सामान्य कदम उठाएर ओलीको ढोक्सामा माछा पर्ने सम्भावना न्यून छ । किनकि एमालेसँग सहकार्य तोड्दै काँग्रेससँग सम्बन्ध जोड्ने काम प्रधानमन्त्री प्रचण्डको योजनाबद्ध तयारीकै बाबजुद सफल भएको हो ।