Breaking

बागमती प्रदेशमा पनि राप्रपाका मन्त्रीहरुले दिए राजीनामा


काठमाडौँ – बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् ।

शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् । बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए । शनिबार दिउँसो संघमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्री फिर्ता बोलाएको थियो । संघका मन्त्रीले पनि शनिबार नै राजीनामा दिइसकेका छन् ।