विदेश

हङकङमा मोडलको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला, पूर्वपतिको खोजी गर्दै प्रहरी


काठमाडौँ – हङकङमा हराइरहेकी एक मोडेलको टुक्रा पारिएको अवस्थामा शव फेला परेको छ । उनको शरीरबाट टाउको समेत गायब छ ।

मोडल एबी चोइ तिन फङको शरीरको एउटा हिस्सा पकाएर फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ । उनका पूर्वपतिका आमाबुबा र दाजु पक्राउ परेको भोलिपल्ट उनको शवका टुक्रा फेला परेको हो ।

शुक्रबार ताइ पोस्थित लुङ मेइ स्युनमा रहेको गाउँको घरमा शव फेला परेपछि प्रहरीले चोइका पूर्वपतिको खोजी सुरु गरेको छ । स्रोतका अनुसार २८ वर्षीया चोइको हत्या १० करोड हङकङ डलर सम्पत्तिको विवादमा भएको हुनसक्छ ।

डिटेक्टिभ र फरेन्सिक विज्ञहरुले दिनभर सो गाउँमा तलासी लिएका थिए । स्रोतका अनुसार शरीका कुनै कुनै अंग अझै भेटिएका छैनन् । चोइ मंगलबार हराएकी थिइन् । त्यसअघि उनका पूर्वजेठान कदुरी हिलस्थित उनको घरमा गएका थिए ।

उनीहरु चोइकी छोरीलाई लिन हिँडेका थिए । तर, उनी छोरी लिन कहिल्यै पुगिनन् । त्यसपछि उनी हराएको सूचना प्रहरीमा पुगेको थियो । इन्स्टाग्राममा ८० हजार फलोअर्स भएकी चोइ फेसन म्यागेजिन ला अफिसियलको आवरणमा यही महिना देखिएकी थिइन् । एससीएमपी