Breaking

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइएको छ राष्ट्रपतिको उम्मेदवार बन्न पाँचरपाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ ।

आयोगले शनिबार दिउँसो ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ । फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ ।