Breaking

भत्कियो गठबन्धन, ओली पछारिए, काँग्रेसको ढोक्सामा राष्ट्रपति प¥यो, माधव असन्तुष्ट बन्दा प्रचण्ड संकटमै


काठमाडौँ — राष्ट्रपतिमा सहमति खोज्न आज पनि दलहरुको दौडधुप व्यापक चल्यो । ओली–देउवाको बालुवाटार प्रवेशले बालुवाटारमा प्रधानमन्त्रीको व्यस्तता बढेको थियो । तर मनोनयनको एकदिन बाँकी रहँदा पनि ठोस परिणाम निस्किएको छैन । केही दिनदेखि बालुवाटारको ब्यस्तता राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजीमा छ । ओली निक्लिन्छन् देउवा पस्छन् । माधव पस्छन् उपेन्द्र निस्किन्छन् । तर शुक्रबार एमाले अध्यक्ष ओली निस्किए लगत्तै देउवा, माधव र उपेन्द्र एकसाथ भित्रिए । यसले ओलीसँगको सहकार्य तोड्दैप्रधानमन्त्री प्रचण्ड काँग्रेसको कित्तामा उभिएको प्रष्ट पारेको छ ।

अब काँग्रेसले राष्ट्रपति र प्रचण्ड पाँचैबर्ष सत्तामा सुरक्षित हुने बाटो तय भएको छ । बिहिबार जसपा, समाजवादी र माओवादी छुट्टै बसेर माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने बलियो अडानमा थिए । त्यसो हुँदा उपराष्ट्रपति जसपालाई दिनेसम्मको तयारी चलेको थियो । तरकाँग्रेसले फेरि राष्ट्रपति गुमाएर प्रचण्डसँग सहकार्य चाहेको छैन । फलतः आफुलाई विश्वासको मत दिएर दबाबमा पारेको काँग्रेसकै नाममा सहमति जुटाउन प्रचण्ड बाध्य बनेका छन् । काँग्रेस पनि प्रचण्डकै समर्थनमा रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर सरकारमा समेत सामेल हुने भएको छ ।

एमाले, रास्वपा, राप्रपा र जनमतबाहेकका आठ दलले सहमति जनाएपछि बालुवाटारमा अर्काे गठबन्धन बनेको हो । जुन यसअघि नै तय भएको भन्दै काँग्रेस पाउनेमा विश्वस्त थियो । देउवासँग सबै सहमति गरेका प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पनि वार्ता गर्न छोडेका थिएनन् । उनी राष्ट्रपति एमालेबाहिरबाट ल्याएर राष्ट्रिय सहमति बनाउने र त्यसको जस आफै लिने दाउमाथिए । तथापी ओली राष्ट्रपतिमा आफ्नै उम्मेदवार र आफ्नै नाममा सहमति खोजिरहेका छन् । माधव नेपालसम्म स्वीकार्न तयार हुँदै प्रस्ताव नै गरेका ओलीले शुक्रबार आफ्नै उम्मेदवार हुने दाबी गरेका छन् ।

राष्ट्रपतिकै विषयमा दलहरु केन्द्रीत बन्दा प्रचण्ड बालुवाटारबाट निस्किन पाएका छैनन् । संसदमा गणपूरक संख्या उपस्थिति छैन । सरकारका कामकारबाही लथालिङग बनेका छन् । गठबन्धनभित्र संकट चुलिएर समीकरण फेरबदल हुनेभएपछि सरकारवादी दलहरु फिर्ता हुने तयारीमा छन् । राप्रपाले राष्ट्रपतिमा कसैको समर्थन र प्रस्तावक नबन्ने निर्णय गरेको छ ।तर अन्तिमसम्म ओलीलाई अलमल्याएर काँग्रेसका नाममा सहमति जुटाएका प्रचण्डले अब माधवबाट हुने सम्भावित कदमको जोखिम उठाउन सक्छन् ।

किनकि बालुवाटार बैठकले काँग्रेसका रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमति गरेपनि माधवको मन बुझेका छैन । एकैबर्ष भएपनि प्रधानमन्त्री बन्ने इच्छा जाहेरी गरेका माधवलाई सहमति कायमै रहेर अन्तिमसम्म गठबन्धन जान्छ भन्नेमा विश्वास छैन । तर एमाले अध्यक्ष ओली प्रचण्ड फेरिएकै कारण फेरि सत्ताको सबै गुमाउन बाध्य बनेका छन् ।