Breaking

८ औं नेपाल बिल्डकन मेला,निर्माण प्रविधि सम्बन्धि सम्पुर्ण जानकारी एकै ठाउँमा,यी हुन् मुख्य आकर्षण


काठमाडौँ — कोरोना महामारी, रुस—युक्रेन युद्ध, तरलताको अभावलगायका कारण निर्माण क्षेत्र अझै तग्रिन सकेको छैन । आर्थिक संकटसँग जुधिरहेको निर्माण क्षेत्र केहि चलायमानहुने आशा सहितनिर्माण क्षेत्रको महत्वपूर्ण उत्सवनेपाल बिल्डकन इन्टरनेशनलएक्स्पो सञ्चालनमा छ । एक्स्पोमा नेपालकावास्तुकला, भवन, निर्माण, डिजाइन र इन्जिनियरिङ सम्बन्धि सम्पूर्ण जानकारी प्राप्तगर्न सक्ने छन् । निर्माण तथाप्रविधिसँग सम्बन्धितप्रदर्शनीमेला नेपाल बिल्डकन इन्टरनेशनलएक्स्पो काठमाडौको भृकुटी मण्डपमा जारी छ ।

निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याव संरचना, युपीभीसी झ्याल ढोका उत्पादनगर्ने मेसिनरी, युपीभीसीप्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियमकम्पोजिट प्यानललगायको अवलोकन गर्न पाउनेछन् । प्रदर्शनीमाआमउपभोक्ताले निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धितउत्पादनकाबारेमाप्रत्यक्षजानकारी लिन सक्नेछन ।

३०० बढी ख्यातीप्राप्त ब्राण्डका २०० भन्दाबढी स्टल प्रदर्शनीमा राखिएको छ । नेपाल बिल्डकन इन्टरनेशनलएक्स्पो नेपालको वास्तुकला, भवन, निर्माण, डिजाइन र इन्जिनियरिङमा सबैभन्दा ठूलो र सफलप्रदर्शनीहो । यो प्रदर्शनीव्यवसायीहरुकालागिप्रत्यक्षउपभोक्तामाझपुग्ने महत्वपूर्ण माध्यमको रुपमाविकास भईरहेको छ ।

कोरोना महामारी, रुस-युक्रेन युद्ध, तरलताको अभाव जस्ता विषयले मारमा परेको व्यवसायीथपउकास्न मद्धत पुग्ने अपेक्षाव्यवसायीहरुको छ । प्रदर्शनीमार्फत आगन्तुकहरू र सहभागीहरूलाई नेपालको भवन, निर्माण, र इन्जिनियरिङ उद्योगमा देखाउने, व्यापार, लगानी, प्रगति र हिस्सा बन्ने महत्वपूर्ण अवसर हो ।