Breaking

अन्ततः ओलीमाथि प्रचण्डको धोका, बन्यो आठदलीय महागठबन्धन,अझैछन् ओलीका यस्ता तीन विकल्प


काठमाडौँ — राष्ट्रपति चयनको अन्तिम घडीमा राजनीतिक दलहरु उभिएका छन् । तर अहिलेसम्म कुनैपनि विकल्पमाथि सहमति जुटेको छैन । प्रधानमन्त्री प्रचण्डले आजदिनभर एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवासँग छुट्टाछुट्टै छलफल चलाए । तर प्रचण्डकै कारण राष्ट्रपति गुमाउने अवस्थामा रहेका ओली सहमतिबाट पछि हट्न चाहेका छैन । बरु प्रचण्डलाई पाँच दलीय गठबन्धन ब्यूँताएर जाने बाटो खुला गरिदिएका छन् । यस्तो अवस्थामा रक्षात्मक बनेका ओलीसँग के विकल्प बाँकी होलान् ? प्रचण्ड फेरि फेरिँदा सत्ताको सबथोक गुमाउने अवस्थामा ओलीछन् ।

जसरी प्रचण्ड फेरिएकै कारण दुईमहिनाअघि देउवाले गुमाएका थिए ।तर सबैलाई घुमाएर जता सत्ता उतै खट्टा राख्ने आदत परेका प्रधानमन्त्री प्रचण्डगुमाउनुको झोकमा परेका एमाले अध्यक्ष ओलीका विकल्पले तर्सिरहेका छन् । किनकि दुईमहिनाअघि देउवाको दैलो छोडी, बालकोटको बार्दलीमा पुग्दा प्रचण्डसँग केही थिएन । आफैसँग भएका माधव नेपालले पनि एमालेसँग मिल्न गएको भन्दै प्रचण्डको लत्तो छोडेका थिए ।

तर ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपार जसपा लगायतका सात दलको समर्थन जुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाए । जब काँग्रेसले समेत विश्वासको मत दिएर प्रचण्ड बहुमतमापुगे,पुरानै पाँच दलीय गठबन्धन ब्यूँताएर पाँचबर्ष सुरक्षित हुने राजनीति गर्न खोजेका छन् ।प्रचण्डसँग सहकार्यको आयु सकिएको संकेत पाएका ओली पनि माओवादीकै समर्थनमा एमालेको राष्ट्रपति बन्ने सम्भावनामा आशावादी छैनन् । फलतः उनी विकल्पबारे सोच्न थालेका छन् । पाँच दलीय गठबन्धन ब्यूँताएर प्रचण्ड काँग्रेसकै कित्तामा पुगेपनि ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने घोषणा गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता गरेका उनले पुस १० मै सहमति भएकाले माओवादीको समर्थन भएपनि÷नभएपनि एमालेको उम्मेदवार हुने दाबी गरेका हुन् । तर प्रचण्ड र देउवाबीच सहकार्यका लागि सहमति भइसकेको छ । यद्यपी माधवलाई हतियार बनाएर फेरि खेल्न सक्ने विकल्प ओलीका अघि छ । किनकि प्रचण्डले समेत साथ दिने संकेत गरेका माधवलाई काँग्रेसले राष्ट्रपतिका रुपमा स्वीकार्न चाहेको छैन । चार दलको बैठकमा पनि काँग्रेसले समर्थन गर्न प्रस्ताव गर्दै ‘राष्ट्रपतिमा हामीलाई साथ दिनुस्, माधवलाई केही दिउँला भन्दै मनाउन खोजेको थियो ।

त्यो केही भनेको माधवलाई एकबर्ष सरकारको नेतृत्व गर्न दिने हो । जुन निकै न्यून सम्भावनाको विषय हो ।तर आफु राष्ट्रपतिनै बन्ने अडानमा रहेका माधव प्रचण्ड–देउवासँग नपाए ओलीतिर आउनसक्छन् । यसो हुँदा माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाएर माओवादी–काँग्रेसबाहेकका दलसँग सहकार्य गर्ने विकल्प ओलीका लागि उपयोगी हुनसक्छ ।किनकि ओली माधवका लागि लचक भएपनि देउवा फेरि गुमाएर लचक हुने अवस्थामा छैनन् ।प्रधानमन्त्री–राष्ट्रपति सबै कम्युनिष्टलाई बुझाएर सत्ताकै समर्थनमा बस्ने रहर पनि काँग्रेसले गरेको छैन ।

ओलीसँग अर्काे विकल्प भनेको, देउवासँगै सहकार्य गर्न पुग्नु हो । प्रचण्डले हामी दुवैसँग पटकपटक खेले । अब तपाईँ राष्ट्रपति लिएर मलाई प्रधानमन्त्री दिनुस् भन्ने सुविधा ओलीका अघि छ । ओलीलाई काँग्रेसले प्रधानमन्त्री नदिए पनि देउवालाई प्रधानमन्त्री दिएर राष्ट्रपति एमालेबाट बनाउने विकल्प पनि कायमै हुनेछ । प्रधानमन्त्रीकै अवसर आए देउवा पछि हट्ने छैनन् । प्रचण्डबाट गुमाएको झोकमा ओलीले राष्ट्रपति तपाईँ लिएर प्रधानमन्त्रीमा आधाआधा गरौं भन्ने सहमति गर्न पनि सक्छन् । यसो हुँदा सबैसँग खेल्दाखेल्दै प्रचण्ड सत्ताको सबै गुमाउने अवस्थामा पुग्न सक्छन् । तर दुवै ठूला दलको दम्भमा रहेका एमाले–काँग्रेस एकअर्कालाई प्रस्ताव गर्ने तहमै पुगिहाल्लान् भन्ने सम्भावना न्यून देखिन्छ ।

त्यसबाहेक रास्वपा र राप्रपालाई विश्वासमा लिएर आफ्नै उम्मेदवार उठाउने र सरकारबाट फिर्ता भइ प्रतिपक्षमा बस्ने अन्तिम विकल्प ओलीसँग हुनेछ । किनकि काँग्रेस नै सत्तामा पुगिसकेपछि ओली सरकारबाट फिर्ता हुन बाध्य भएर चुनावअघिकै हैसियतमा पुग्नेछन् ।यद्यपी फागुन १३ मा मनोनयन गर्ने समय शनिबार नै भएकाले यतिबेलासम्म कित्ताकाट भइसक्ने छ । यसो हुँदा पनि बाँकी रहेको १२ दिनभित्र राजनीतिक कोर्ष करेक्शनको सम्भावना जीवितै रहनेछ । राष्ट्रपतिको निर्वाचन हुने फागुन २५ को अन्तिम बिन्दुसम्मै दलहरु आफै अनुकुलकोअंकगणित मिलाउँदै विकल्प खोजिरहनेछन् ।