Breaking

तेह्रथुमको हातिखर्कमा भीषण आगलागी


काठमाडौँ — तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई(६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो । आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।

उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।