Breaking

चार दलको बैठकमा थप तीन दल थपिए


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको थियो । ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल पनि सहभागी भएका छन् ।

पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् । चार दलको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ पनि थपिएका हुन् ।