Breaking

प्रचण्ड-ओली भेटवार्ता अझै अनिश्चित


काठमाडौँ – प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार हुने भनिएको निर्णायक भेटवार्ता अनिश्चित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ तीन दलको बैठकपछि राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग भेटेर निर्णायक छलफल गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहानैबाट बालुुवाटारमा कांग्रेससहित पुरानो गठबन्धनका नेताहरुसँग छलफलमा सहभागी भएका छन् भने अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा सहभागी हुने तयारीमा छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड लागेका छन् भने ओली एमाले बाहेकले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउदै आएका छन् ।

राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको माओवादी केन्द्रले कांग्रेस र एमाले दुवैले उम्मेदवार उठाए कसलाई मत दिने भन्ने अहिलेसम्म केही बताएको छैन । यद्यपी माओवादी एमाले उम्मेदवारप्रति अरुची राख्दै आएको छ ।