काठमाडौँ — स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया