Breaking

सन्दीपको मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा


काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सर्वोच्च अदालतले आजका लागि तोकेको छ ।

उच्च अदालत पाटनको उक्त आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा छ ।

नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका थिए । तर उक्त आदेशले लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न भने रोक लगाएको छ ।

अदालतको फैसलाले सन्दीप यूएईमा जारी नेपाल-यूएई र पपुवा न्यूगिनी सम्मिलित विश्वकप लिग टू त्रिकोणात्मक सिरिजका परेनन् । नेपालमा भएको सिरिजमा महत्वपुर्ण योगदान गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए ।