समाचार

मोरङमा भ्यानको ठक्करबाट युवकको मृत्यु


काठमाडौँ – मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।

हिजो साँझ करिब साढे ५ बजे मे१च ४१७१ नम्बरको भ्यानले मे७प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।