Breaking

ग्याल्पो लोसारको तेस्रो दिन सम्पूर्ण प्राणी जगतको निम्ति ल्हप्सो पूजा


काठमाडौँ — हिमाली शेर्पा समुदायको महान चाड ग्याल्पो लोसारको आज तेस्रो दिन ल्हप्सो पुजा गरी देश तथा विदेशमा धुमधामका साथ मनाइएको छ । यस अवसरमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको आयोजनामा राजधानीका विभिन्न स्थानमा र्याली पनि निकालिएको थियो । शेर्पा समुदायको महान चाड ग्याल्पो लोसारको तेस्रो दिनमा देश तथा विदेशमा बौद्ध धर्मवलम्बीहरुले हर्ष उल्लासका साथ मनाएका छन् । महायान बौद्ध धर्मवलम्बीहरूको नयाँ वर्ष तथा मुख्य चाड ग्याल्पो लोसार क्ष्यू मो ह्यो लो खरायो वर्षको तेश्रो दिन शेर्पा सेवा केन्द्रले ल्हप्सो कार्यक्रम आयोजना गरेका छन् ।

ल्हप्सो पुजा सम्पुर्ण बौद्ध धर्मवलम्बीहरु भेला भई सम्पुर्ण प्राणी जगतको निम्ती शुख शान्ती समृद्धिको कामना गर्दै पुजा गर्ने गरेको बताउछन् । लोसारको तेस्रो दिनमा सुख शान्तिको कामना गर्दै गाउँघरमा सबै एकै ठाउँमा भेला भएर यो वर्षभरि गाउँमा नराम्रो नहोस् सुख शान्ति होस भनेर कुल देउताको पुजा गर्नुका साथै शान्तिको कामना गरिन्छ । ल्हप्सो कार्यक्रम गर्नुअघि हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले शेर्पा गुम्बाबाट बृहत लोसार र्याली शेर्पा गुम्बाबाट सुरू भइ टुसाल, चाबहिलस्थित चरुमती बिहारको परिक्रमा गरि पुनः महांकाल, तिनचुली हुँदै बौद्ध स्तुपको परिक्रमा गर्दै र्याली पुन ल्हप्सोमा पुगी लामाहरूबाट शेर्पा समुदायको धार्मिक विधि अनुरुप पाठ पूजा गरिने गरेका छन् ।

र्याली शेर्पा समुदायको चाड लोसारमा सरकारबाट बिदा नदिएको अबस्थामा राज्यलाई दबाब दिन उदेश्यले सुरु गरेको बताउछन् । ल्हप्सोका दिन आधिकांश शेर्पाहरू आफ्नै परम्परागत भेषभुषामा आउने गर्दछन । ल्हप्सोमा लामा छ्याम लामा नृत्य सिंह नृत्य गरिन्छ । परापुर्वकालमा लोसारको महत्व नबुझे पनि पछिल्लो समय भने स्वदेश बिदेशमा व्यापक रुपमा मनाउने गरिएको जानकारहरु बताउँछन् । शेर्पा समुदायका विभिन्न संघसंस्थाले लोसारको अवसरमा आ–आफ्नै ढंगले विविध कार्यक्रम आयोजना गरेर १५ दिनसम्म लोसार मनाउने चलन छ ।