Breaking

प्रचण्ड–देउवा–ओली समीकरण फेरबदलमा, रवि–राजेन्द्र के गर्लान् ? सिके राउत र उपेन्द्रको आफ्नै दाउ


काठमाडौँ — प्रमुख राजनीतिक दलहरु राष्ट्रपति निर्वाचनको भागदौडमा भ्याईनभ्याईमा छन् । राष्ट्रपतिमा कांग्रेस एमाले र माओवादी केन्द्रको रस्साकस्सीले राष्ट्रिय राजनीति नै राष्ट्रपति केन्द्रित बनेको छ । तर दलगत हैसियत अनुसार मतभार बोेकेका वैकल्पिक र साना राजनीतिक दलहरु राष्ट्रपति निर्वाचनलाई लिएर रणभुल्लमा छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति तरंगित छ । प्रमुख राजनीतिक दलहरु आफु अनुकुलको व्यतिm राष्ट्रपति बनाउन सबै अस्त्र प्रयोग गरिरहेका छन् । देशकै सर्वोच्च निकाय राष्ट्रपति पदको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु मात्र होइन विदेश कुटनीति नियोगहरुको सक्रियता बढ्दो छ ।

कुटनीतिक नियोगका अधिकारीहरु शीर्ष नेतृत्वको घर–घरै चहारी रहेका छन् । भारतीय विदेश सचिव क्वात्राको पछिल्लो भ्रमण र क्वात्रा स्वदेश फिर्तापछि चिनिया राजदुतको राजनीतिक भेटघाट नियाले पुग्छ । तर राष्ट्रपति निर्वाचनका मतदाता दलको हैसियत अनुसार मतभार भएका साना र वैकल्पिक शक्ति राजनीतिक दलहरु भने गुमनाम छन् । राष्ट्रपतिलाई लिएर ठुला दलहरुबीचको टकराव जति चर्को छ वैकल्पिक र साना दलहरु चुपचाप छन् ।

एकीकृत समाजवादी, लोसपा, जसपा लगायतका दलहरु अवसरको खोजिमा केहि सक्रिय जस्तो देखिए पनि वैकल्पिक शक्तिको हुँकार गर्दै राष्ट्रिय राजनीतिमा उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनमत पार्टी, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र जनमत पार्टीसमेत राष्ट्रपति चयन प्रक्रियामा बत्ति बालेर खोज्नुपर्ने अवस्थामा छन् । राष्ट्रपति चुनावमा संघतर्फ ११ सय ६ र प्रदेशमा १३ सय ४४ मतभार बोकेको राप्रपामा भोट हाल्ने या नहाल्ने भन्नेमै विवादमा छ । पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउनु पर्ने टिप्पणी गरेपछि आलोचित छन तर राष्ट्रपतिको चुनावमा पार्टीको आधिकारीक धारण भने अझै आउन सकेको छैन ।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र मधेश केन्द्रित जसपा लोसपा बाहेक अन्य सबै साना दलको अवस्था लगभग उस्तै छन् । पदकै लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारकालाई समर्थन गरेको मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अवसरको खोजीमा छन् । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह नै गरिसकेका छन ।

यता उपेन्द्र यादव नेतृत्वको जसपाको नजर उपराष्ट्रपतिमा गढेको छ । सत्ताको बागडोर हाँकिरहेका प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा सत्ता थमाई दिएका ओलीलाई धोका दिएर पुरानै गठबन्धन व्यूत्याँउने अन्तिम खेलमा छन् । निर्वाचित सदनको प्रमुख प्रतिपक्ष घोषित भई सकेको कांग्रेस सत्तारोहण गर्ने तयारी नै थालिसकेको छ । यो सबै राजनीतिक खेलमा विकल्प भनिएका दलहरु भने पेन्डुलम बनेका छन् । वैकल्पिक शक्ति विकल्प विहिन भूमिका विहिन छ ।