Breaking

रफ्तारमा चक्रपथ बिस्तार, बालेनले हेरे नक्सा, मन्त्री नारायकाजी श्रेष्ठले के भने ?


काठमाडौँ — लामो समयदेखि अन्यौलमा रहेको दोस्रो चरणको चक्रपथ विस्तार योजना अब भने अघि बढ्ने भएको छ । विहिवार नेपाल सरकार र चिनिया पक्षको संयुतm स्थलगत निरीक्षणपछि कलंकीदेखि बसुन्धारासम्मको विस्तार योजना अघि बढ्ने भएको हो । जनवरी ८ मा आफ्नो कार्यभार सम्हाल्न नेपाल आईपुगेका नेपालका लागि चिनिया राजदुत चेन सोङ आफ्नो कार्यकालको सुरुवातसँगै सक्रिय छन् । सार्वजनिक कार्यक्रमसँगै कुटनीतिक भेटघाटमा भ्याईनभ्याई रहेका राजदुत सोङ विहिवार सडक निरक्षणमा समेत निस्किन भ्याएका छन ।

चिनिया सहयोगमा बन्न लागेको दोस्रो चरणको चक्रपथ विस्तार योजना अघि बढाउन अघि बिहीवार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीसँगै राजदुत सङले सडकखण्डको स्थलगत निरीक्षण एवं अवलोकन गरेका हुन् ।

विहिवार भएको स्थलगत निरीक्षणसँगै कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक विस्तार अघि बढ्ने भएको छ । कलंकीदेखि बसुन्धारासम्मको दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी बसुन्धारा सडक खण्डको विस्तारमा विद्युत प्राधिकरणका कारण कुनै समस्या नरहेको विद्युत प्राधिकरणको दावी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो क्षेत्रमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने जनाएको ।

स्थलगत निरीक्षणपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार चाँडै सुरु गर्न चिनिया पक्षसँग सहमति भएको बताए । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको मन्त्री श्रेष्ठले बताए । सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता मन्त्री श्रेष्ठको छ ।


बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी छ । स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति सहित चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन आग्रह समेत गरेको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, नेपाल टेलिकमलगायतले सडक आसपासका संरचना हटाइसके पनि गोंगबुको एक मन्दिर र महाराजगन्ज क्षेत्रका केही संरचना हटाइएको छैन । महाराजगन्ज चोकमा केहि घरको मुआब्जा विवाद अझै मिलेको छैन । यहि कारण चक्रपथवरिपरिको करिब ११.७ किमि सडकखण्ड आठ लेनमा विस्तार गर्ने गरी चिनियाँ कम्पनीले प्रतिबद्धता जनाए पनि कलंकी–महाराजगन्ज खण्डको काम अघि बढ्न सकेको छैन । यस्तो अवस्थामा काम कसरी सुरु हुन्छ शंका भने कायम छ । यस अघि चीन सरकारकै सहयोगमा यसअघि कोटेश्वर–कलंकी खण्ड भने आठ लेनको बनिसकेको छ ।