Breaking

काम लागेन ओलीको रणनीति,पुरानै गठबन्धन व्युतिदै, किन अलमल गर्दैछन् माधव ?


काठमाडौँ — राष्ट्रपति निर्वाचनले बढाएको रस्साकस्सीका वीच दलहरुले यसैलाई केन्द्रविन्दु बनाएर आगामी समिकरणबारे छलफलमा व्यस्त छन् । जहाँ गठबन्धन जोगाउन ओलीले फालेको अश्त्र कामविहिन बन्दै गएको छ भने पुरानै गठबन्धन व्युताउने तयारीलाई तिव्र पारिएको हो । अर्थात पुरानै पाँचदलिय गठबन्धन फर्काउने तर्फ माओवादी कांग्रेस लगायतका तत्कालिन गठबन्धन घटकहरु लागि पर्दा विभिन्न विकल्पमा छलफल जारी छ । राष्ट्रिय सहमतीका नाममा कांग्रेस वोक्ने र एमालेलाई तह लगाउने सोचमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारीमा केहि दिन अघि केपी ओलीले नयाँ अश्त्र फाले ।

प्रचण्डको पूर्व आशंकाबीच कांग्रेसको ढोक्सा पनि खाली हुने र गठबन्धन जोगिने मध्यमार्गी उपायका रुपमा माधव नेपालको नाम चर्चामा आयो । यो प्रकरणपछिओलीको रणनीति फेल गर्न प्रचण्ड र शेरबहादुर देउवा पुरानै गठबन्धन फर्काउन तर्फ उन्मुख भए । यसैको पहिलो कदम नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बुधबार साँझ बालुवाटारमा भएको बैठकमा चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति नै भएको छ । सुरुमा एमालेसँगको सहकार्य लगभग सकिएको र अब कांग्रेस र माओवादीले औपचारिक सहमति गरेर अगाडि बढ्नुपर्ने प्रचण्डले बताएपछि यस्तो सहमतीमा दुई दल पुगेका हुन ।

छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए।यो रणनिति सफल भए आगामी दिनमा एकीकृत समाजवादी र जसपालाई साथ लिएर समाजवादी केन्द्र निर्माणमा सफल हुने प्रचण्डको बुझाईले पनि यो गठबन्धन निर्माणमा काम गरेको छ । यता माधवकुमार नेपाल पनि सम्भावित रणनितिमा व्यस्त छन । फलत ः कहिले कांग्रेस, कहिले माओवादी तथा कहिले एमालेसंग छलफल तिव्र पारेका उनले निष्कर्ष दिईहाल्न भने सकेका छैनन ।

प्रचण्डसंगको भेटमा पदलोलुपता देखिने गरेन राष्ट्रपति नबन्ने बताएका उनले केहि दिन अघिमात्रै कसैलागि आफ्नो पार्टीले वलिदानी नदिनेबताएका थिए । तर आजै एमाले नेताहरुको संग भेटपछि नेकपा व्युतिने भए राष्ट्रपति बन्न तयार रहेको बताएका थिए । अर्थात ईपिसेन्टरमा बनेका उनले आफूसंग भएका विभिन्न विकल्पवारे गरिरहेको लेखाजोखाले नै पुरानो गठबन्धन व्युताउने कुरा औपचारिक रुपमा बाहिर आउन सकेको छैन ।

नेपालको यहि अस्पष्टताकै कारण उनको व्यवस्थापन वारे वालुवाटार वैठकमा विभिन्न विकल्प वारे छलफल भएको थियो । पहिलो विकल्पमा राष्ट्रपति कांग्रेसलाई दिने तथा दुई बर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने वाँकि दुई वर्ष देउवा र एक बर्ष माधवको नेतृत्वमा जाने बारे छलफल भएको थियो । जुन विकल्पमा मुख्य मन्त्रालय र प्रदेशमा कांग्रेस माओवादी आधाआधा हुने प्रस्ताव थियो । अर्को विकल्पमा भने राष्ट्रपति कांग्रेस प्रधानमन्त्रीमा ४ बर्ष प्रचण्ड र एक बर्ष माधव अनि मुख्य मन्त्रालय र प्रदेशहरु कांग्रेसको भागमा पर्ने बारे छलफल भएको थियो ।

जसले पुरानो गठबन्धन फर्काउन बाटो तय गर्ने विश्वासमा रहेको माओवादी कांग्रेस आज (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्ने तयारीमा थिए । फलत ः गठबन्धन ब्युँताउने समझदारी गरेका प्रचण्ड शक्ति बाँडफाँटका विषयमा दलहरूसँग संवाद गरिरहेका छन् । यहि क्रममा रै जसपाका नेताहरूसँग भेटवार्ता गर्नुअगाडि प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

जहाँ माधवले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गर्न नै आग्रह गरेका थिए । जसले माहोलमा केहि तरङ आएपनि प्रचण्ड भने ओलीलाई जन्मदिनमा सरप्राईज दिने गरेरै अघि बढेका छन । वर्तमान राजनीतिक घटनाक्रममा माधवलाई राष्ट्रपतिमा उभ्याएर ओलीले प्रचण्डसँग नयाँ ढोक्सा थापेर आफूतिर तान्न खोजे पनि त्यसमा प्रचण्ड–माधव दुवै विश्वस्त छैनन् ।फलत ः विकल्पमा प्रचण्ड–माधव फरक राजनीतिक समीकरण बनाउन व्यस्त छन् ।

जहाँ निर्णायक अवस्थामै पुग्न आफ्नो स्वार्थ कति पुरा हुन्छ भन्ने रस्साकस्सीले विलम्ब भईरहेको छ । यता ओली पनि पुस १० मा जोडिएको सम्बन्ध जोगाउन कम्मर कसेर अघि बढेका छन् । यद्यपी राष्ट्रपति निर्वाचनलाई लिएर पेचिलो बनिरहेको राजनीतिक कोर्ष पुरानै गठबन्धनतर्फ अघि बढ्न सम्भावना नै वढेर गएको छ ।