देश

नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै


काठमाडौँ — टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो । यस माइलेज क्याम्पमा सहभागी सबैएनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटकोसाथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

माइलेज क्याम्पको बारेमा बोल्दै जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले भन्नुभयो,“यो माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य हाम्रा ग्राहकहरुसंग भेटघाट र अन्तर्कृया गर्नु हो जसमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ ।” यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन् । यस माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नोस्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशी भएको सहभागिहरुको प्रतिकृया रहेको छ । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन्।