Breaking

उत्तर कोरियाका शासक हतियार प्रदर्शनमा रमाउँदा जनता भने खाद्य शंकटको चपेटामा


काठमाडौँ — उत्तर कोरियाले चरम खाद्य सङ्कट बेहोरिरहेको विज्ञहरूले औँल्याएका छन् । त्यहाँ यस्तो खालको सङ्कट उत्पन्न भएको पहिलो पटक भने हैन । तर सीमामा गरिने कडाइ, खराब मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण केही वर्षयता त्यहाँको स्थिति झन् भन्दा झन् बिग्रिएको छ । उत्तर कोरियाले चरम खाद्य सङ्कट अहिले बेहोरिरहेको विज्ञहरूले औँल्याएका छन् । यता देश खाद्य संकटको चपेटामा परेको अबस्थामा शाशक किम जोङ उनको परमाणु हतियार मोह भने बुझिनसक्नको छ । त्यहाँका सञ्चार माध्यमका अनुसार अहिले उत्तर कोरियाका उच्चपदस्थ अधिकारीहरूले कृषि नीतिमा आधारभूत परिवर्तन गर्ने विषयमा फेब्रुअरी महिनाको अन्त्यमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

खेतीपातीमा समस्या देखा परेका बेला यो एकदमै महत्त्वपूर्ण र अत्यावश्यक कार्य भएको टिप्पणी समाचारमा छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तरमा खाद्यान्न अभाव भएको जानकारी दिँदै राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्लुयूएफपीलाई सहयोग गर्न आग्रह गरेको छ । दक्षिण कोरियाली निकायहरूबाट सङ्कलित स्याटलाइट तस्बिरहरूले उत्तर कोरियामा सन् २०२१ मा भन्दा सन् २०२२ मा १.८० लाख टन कम खाद्यान्न उत्पादन भएको सङ्केत गरेका छन् । गत जुनमा डब्लुयूएफपीले खडेरी र बाढीजस्ता चरम मौसमी अवस्थाले जाडो र वसन्तयामका बालीको उत्पादन घटाउन सक्ने चिन्ता व्यक्त गरेको थियो । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पनि गत वर्षको अन्त्यमा देशले दोस्रो सबैभन्दा खराब खडेरी परेको जनाएका थिए । उत्तर कोरियामा चामलको तुलनामा मकै कम रुचाइन्छ ।

तर माग वृद्धि भएसँगै मकैको भाउ सन् २०२३ को सुरुमा २० प्रतिशतले बढेको जापानबाट प्रकाशित हुने उत्तर कोरियाली पत्रिका रिम्जिन गाङले लेखेको छ । मानिसहरूले धेरै मकै किन्नु भनेको समग्रमा खाद्यान्न र विशेषगरी चामलजस्ता मुख्य अन्नको भाउ महँगो हुँदै जानु हो । एक किलो मकैको मूल््य अहिले झन्डै ३,४०० स्थानीय मुद्रा अर्थात ३.८० डलर हो । उत्तर कोरियाले सैन्य क्षेत्रमा धेरै खर्च गर्छ । यसै महिनाको सुरुमा प्योङ्याङमा आयोजित सैन्य परेडमा आईसीबीएम अर्थात अन्तरमहादेशीय क्षेप्यास्त्रहरू प्रदर्शन गर्यो ।

उत्तर कोरियाली शासकले क्षेप्यास्त्रको क्षमता विस्तार र प्रचारबाजीमा ठूलो स्रोत परिचालन गरेका छन् । त्यसको सामाजिक मूल्य चर्को पर्न गएको छ । प्योङ्याङले गत वर्ष सर्वाधिक सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गर्यो । परीक्षण गरिएका क्षेप्यास्त्रहरूमा अर्को महादेशसम्म पुग्ने क्षमता भएका आईसीबीएमहरू पनि छन् । उत्तर कोरियाले बनाएका आईसीबीएमहरू अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्ने ठानिएको छ ।