Breaking

ऐतिहासिक जितपछि अब नेपालको यात्रा के ?प्रशिक्षकमोन्टीको के छ योजना ?


काठमाडौँ — मंगलबार नेपालीक्रिकेट टोलीले ऐतिहासिहजितनिकाल्दात्यसको हकदार प्रशिक्षक खेलाडी, दर्शक,मैदानकाकर्मचारी सब बने । छोटो प्रशिक्षणबाट नै पाएको यो सफलतामाहर्षित हुने ठाउँ त छ तर, आगामी खेलमापनि यस्तै प्रदर्शन गर्नु पर्ने दवाव बढेको छ । देशको राष्ट्रिय राजनीतिले निराशबनाएको नेपालीलाई गएको एक साताभने केही राहतमिल्यो । आईसीसी विश्वकपक्रिकेटलिग २ अन्तर्गत त्रिदेशीयश्रृंखला खेल्न नेपालआएकानामेबिया र स्कटल्याणसँगको समानदुई दुई खेलमानेपालक्लिन स्वीपगर्न सफल भएपछि फेरि दर्शकलाई खुशीहुने मौका मिलेको हो ।

गतमंसिर तेस्रो सातानामेबियामा सम्पन्नलिग २ को ४ खेलमध्ये एकमापनिजितहातपार्न नसकी स्वदेश फर्र्किएको लगभग ३ महिनापछि घरेलु मैदानमानेपाली टोलीतिनै बलियो टोलीलाई नेपालविरुद्धको खेलमाअंकविहीनबनाउन सफलभयो । तत्कालिन समयमाक्यानको निलम्बनमा परेका एक दिवसीयक्रिकेटमा नेपालकालागि सर्वाधिकविकेट लिने लेग स्पीनर सन्दीप लामिछाने विनानै नामेबियापुगेको टोली ३ खेलमा पराजितहुँदाएकमाभने नतीजाविहीनभएको थियो । तर, अहिले सन्दीपको राष्ट्रिय टोलीमापुनरागमनसँगै नेपालको जितको यात्रापनिफकिएको छ ।

नेपालकालागि एक दिवसीयक्रिकेटमा १८० रनको योगफल पुरा गर्न पनि ठूलो चुनौतीहुने गरेको विगतले देखाउछ । सधै कमजोर व्याटिङ पक्षका कारण निराशहुनु पर्ने नेपालको नियतीमाअहिले भने केही सुधारको संकेत देखिएको छ । त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमासम्पन्नलिग–२ को खेलमा नेपालले ३ खेलमा २७० भन्दामाथिको लक्ष्यलाई सहजै पछ्यायो । त्यस्तै स्कटल्याण्डसँगको अन्तिम खेलमापनि २१३ रनको चुनौती ३५ बल अगावै पुरा गर्यो । मुख्यप्रशिक्षकमोन्टी देसाईको लगभग १० दिनको प्रशिक्षणमा नेपाली टोलीको यो सफलताहातपार्दै गर्दा टोलीलाई लामो समयकालागि सुधार गर्ने योजनामाउनी रहेका छन् ।

नेपालको यो ऐतिहासिकजितहो । ऐतिहासिक यो अर्थमा कि नेपालले आफ्नो एकदिवसीयक्रिकेटको ईतिहासमापहिलो पटक लगातार चार खेल जितेको छ । नेपाललिग टू अन्तर्गतको त्रिदेशीयसिरिजमाशतप्रतिशतनतिजानिकाल्ने पहिलो टोली समेत हो । नेपालले अब यो पछि प्रतियोगितामा आठ खेल खेल्नु पर्ने समीकरण छ । जसकालागिशनिबार युएईको भ्रमण गर्ने छ । त्यहाँ नेपालले युएई र पपुवान्युगेनीको सामनागर्ने छ । त्यसपछि फेरि नेपालले यीदुई टोलीसँग घरेलु मैदानमाप्रतियोगिताको अन्तिम खेल खेल्ने छ । त्यसैले अब नेपालले आफ्नो प्रत्येक खेललाई फाइनल सरह नै खेल्नुपर्ने छ ।

यस प्रतियोगितामा नेपालको लक्ष्यउत्कृष्ट तीनभित्र पर्दै विश्वकपकालागिसिधै ग्लोबल छनौट खेल्ने हो । तर, त्यो पनि सम्भव नभएउत्कृष्ट चारमा रहेर एकदिवसीयमान्यतालाई जोगाइ राख्ने नै हुने छ । नेपालअहिले २८ खेल खेलेर २६ अंकसहित छैठौं स्थानमा छ । नेपालले अब बाँकी ८ खेलमध्ये ५ मामात्रै पनिजितनिकल्न सके ओडीआई मान्यताकायमहुनपर्याप्तहुने छ, भने सबै खेल जिते ग्लोबल छनौटमा सिधै पर्ने छ ।