Breaking

के माधव ओली मीलनको दिन आएको हो ? राष्ट्रपतिसंग विलय साट्ला एकीकृत समाजवादी ?


काठमाडौँ — राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा आएपछि नयाँ शिराबाट सुरु भएको राजनीतिक रस्साकस्सी पेचिलो बन्दै गएको छ । जसलाई पूर्व एमालेहरुको मिलनविन्दुका रुपमा समेत अथ्र्याउदा एकीकृत समाजवादीमा भने यसले तरङ सिर्जना गरेको छ । जहाँ ओलीको यो प्रस्तावमा षडयन्त्र देख्ने पक्ष समेत देखिदा माधवको आगामी बाटोमा नेता असन्तुष्टि तगारो बन्ने खतरा बढेको छ । ०७८ साल असार २३ गते नक्सालस्थित मेरियट होटेलमा झन्डै ५० मिनेट निर्णायक वार्ता गरेपछि आ–आफ्नो बाटो लागेका केपी शर्मा ओली र माधव नेपाल त्यसपछि पानी वारवारकै अवस्थमा पुगे ।

दुवै नेताको कारण आफ्नै अडानका कारण विना निष्कर्ष सकिएको त्यहि वार्ता कै परिणाम २०७८ भदौ ८ मा पार्टी नै फुट्यो । दुई नेता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिए । तर पछिल्लो समय परिस्थिती फेरियो, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने । माधव फेरी अर्को किनारामा पुगे । तर माओवादीको राष्ट्रिय सहमतीको नाममा लगाएको रटानले गठबन्धन नै फुट्ने देखेपछि माधव अहिले ईपिसेन्टर बनेका छन् । अर्थात एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको अडानविरुद्ध चाल्ने सक्ने मध्यमार्गी बाटोको अश्त्र अहिले माधव बनेका छन् ।

आजमात्रै पनि राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे प्रचण्ड र ओलीबीच १ घण्टा एक्लाएक्लै छलफल भएको छ । जहाँ ओलीले माधव र सुवासचन्द्र नेम्बाङको नाम सिफारिस गरेका छन् । नेम्बाङले प्रधानमन्त्री जस्तो कार्यकारी पदमा रहिसकेको मान्छे राष्ट्रपति बने गलत अभ्यास हुने भन्दै यसको आलोचना गरेपनि ओली माधव नै वोक्ने रणनितिमा पुगेका छन । एमाले विभाजित हुदा त्यसको फाईदा अरुले लिएको तथा अस्थिरताको जन्म भएको भन्दै एकताको लागि ओलीले प्रस्ताव नै गरिसकेका छन् । जसलाई माओवादीले समेत अस्वीकार गर्नसक्ने अवस्था छैन ।

यहि अनुकुल परिस्थिती देखिएकै कारण ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका माधवले ठोस प्रस्तावको आह्वान नै गर्दा उनकै पार्टीमा भने यसले तरङ उत्पन्न गराएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले समेत राष्ट्रपति पाएमा लिने निर्णय गरिसकेको छ । यसका लागि सबै दलसँग छलफल र परामर्श गरिने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले एमालेसँग पनि छलफल गर्ने बताएको छ ।

तर सचिवालय बैठकमा माधवले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गरेको बताउने एकीकृत समाजवादीका केहि नेताहरु भने राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे कुरा नगरेको बताउछन । यसको अर्थ यो हल्लामात्रै भएको र राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी उनीहरुको छ ।

माधव राष्ट्रपति बन्ने विषय ओलीको शक्तीशाली अश्त्रका रुपमा विश्लेषण गरिदा एकीकृत समाजवादीको एक हिस्सा ओलीको भनेको प्रस्तावले मुर्तरुप लिने सम्भावना नै नभएको पक्षमा छन् । यो कांग्रेससँगको दूरि बढाउने थापिएको ढोक्साको संज्ञा दिने उनीहरु पदका लागि पार्टी नवेच्ने बताईरहेका छन । जुन पक्ष राष्ट्रपतिकै लागि एमालेमा समाहित भए फुटको औचित्य सिद्ध गनुपर्ने बताउन थालिसकेका छन । यसले माधवको व्यवस्थापन नहुनु नै पार्टी फुटको कारण भएको सन्देश जाने अर्थ लाग्ने उनीहरुको तर्क छ ।

हुन त माधव नेपालले समेत आफ्नो पार्टीले अरुका लागि वलिदान नगर्ने बताईसकेका छन । पावर सेयरिङ मिले आफूले प्रस्ताव मान्ने सक्ने उनको संकेतका विच असन्तुष्ट देखिएका सवै अनुहार त्यसमा समेटिने सम्भावना छैन । जहाँ नेपालको नाम आए कांग्रेसले समेत सहयोग गनुपर्ने बताएका प्रचण्ड पनि उनको नाममा नाईनास्ती गर्न सक्ने अवस्थामा छैनन् । जसले माधव नेपाले ओलीको प्रस्तावको बाटो रोज्ने सम्भावना बढको छ । तर यो अवस्था आए आफू स्थापित भईसकेका एकीकृत समाजवादीका नेताहरुको असन्तुष्टि व्यवस्थापन त्यति सहज देखिएको छैन । जसले अहिले ओली माधव विच बढ्दो निकटता मिलनको बाटोमा अघि बढ्दा एकीकृत समाजवादी नै फुट्ने त हैन भन्ने खतरा बढेको हो ।